×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ट्युबबाट महाकाली नदी तरेर भारत प्रवेश गरेका ४ नेपाली पक्राउ

२६ कार्तिक २०७७

२६ कात्तिक, बैतडी ।

महाकाली नदीमा ट्युबबाट भारत प्रवेश गरेका चार जना नेपालीलाई भारतीय प्रहरीले गिरफ्तार गरेको छ ।

सीमा नाका बन्द भएको बेला ट्युबबाट भारत गईरहेका चारजनालाई भारतीय प्रहरी र एसएसबीको संयुक्त टोलीले मंगलबार नियन्त्रणमा लिएको भारतीय पत्रकार प्रमोद भट्टले जानकारी दिए । मजदुरीका लागि भारत गएका उनीहरुलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

अवैध रुपमा भारत प्रवेश गरेको भन्दै बझाङका पुस्कर बोहरा, गजेन्द्र बोहरा, जनक बोहरा र बीरबहादुर बोहरालाई पक्राउ गरिएको भारतीय प्रहरीलाई उद्धृत गर्दै भारतीय पत्रकार प्रमोद भट्टले जानकारी दिए। पक्राउ परेका चारैजनालाई आज अदालतमा पेश गरिने उनले बताए।

सीमा नाका झुलाघाट बन्द हुँदा रोजगारीका लागि भारत जानेहरु महाकालीमा ट्युब मार्फत जाने गरेका छन् । स्वदेशमा रोजगारी नपाएको भन्दै सैयौं मजदुर कोरोना कहरकाबीच भारत गईरहेका छन् ।

झुलाघाट नाका बन्द हुँदा उनीहरु महाकालीमा ट्युबमा मार्फत तरेर भारत जाने गरेका छन् । ट्युब मार्फत भारत प्रवेश गरेकाहरुलाई भारतीय प्रहरीले अवैध रुपमा प्रवेश गरेको भन्दै पक्राउ गर्ने गरेको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top