×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ट्रम्पका मन्त्रीको ४० मिनेटको गोप्य भिडियोमा के छ ?

२५ मंसिर २०८२

२४ मंसिर , काठमाण्डौ ।

अमेरिकी रक्षामन्त्री पीट हेगसेथ गोप्य भिडियो बाहिरिएपछि संकटमा परेका छन् । उनी माथि २ जना मानिसको हत्या गरेको गम्भीर आरोप लागेको छ । यो आरोपले उनको पदलाई नै जोखिममा पारेको छ ।

यससँग सम्बन्धित ४० मिनेटको गोप्य भिडियो पनि चर्चामा छ, जसमा क्यारेबियन सागरमा मानिसहरूलाई ड्रोन हमला गरी मारेको दृश्य रहेको छ । अहिले अमेरिकी संसदले रक्षा मन्त्रालयमाथि अमेरिकी हमलाका सम्पादन नगरिएका भिडियोहरू संसदलाई बुझाउन दबाब दिइरहेको छ ।

यसका लागि कांग्रेसले पेन्टागन प्रमुख पीट हेगसेथको भ्रमण बजेटको २५ प्रतिशत रोक्ने निर्णय गरेको छ । डेमोक्रेटिक पार्टीका नेताहरूले हेगसेथको राजीनामाको माग गरिरहेका छन् ।

यसका कारण राष्ट्रपति ट्रम्पमाथि हेगसेथविरुद्ध कारबाही गर्नुपर्ने दबाब बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा लागूपदार्थ विरुद्धको युद्ध घोषणा गरेका छन् ।

यसै अन्तर्गत भेनेजुएला र दक्षिण अमेरिकी देशहरूबाट लागूपदार्थ लिएर आउने तस्करहरूमाथि कारबाही भइरहेको छ । उनीहरूलाई क्यारेबियन सागरमै निशाना बनाइँदैछ ।

ट्रम्पले यी तस्करहरूलाई नार्को टेररिस्ट भनिरहेका छन् । यसै कारबाही अन्तर्गत सेप्टेम्बर २ मा अमेरिकी सेनाले क्यारेबियन सागरमा एक डुङ्गामाथि ड्रोन हमला गरेको थियो ।

वाशिंगटन पोस्टको रिपोर्ट अनुसार हेगसेथले सबैलाई मार्ने आदेश दिएका थिए । डुङ्गामा ११ जना सवार थिए । ड्रोनबाट हमला गर्दा ९ जनाको मृत्यु भयो भने २ जना घाइते भए ।

त्यसपछि दोस्रो ड्रोन हमला गरियो, जसमा बाँकी दुई जनाको पनि मृत्यु भयो । रक्षा मन्त्रालय (पेन्टागन) को रिपोर्ट अनुसार, अहिलेसम्म नार्को टेररिस्टविरुद्ध सेनाले यस्ता कुल २१ ड्रोन आक्रमण गरिसकेको छ ।

जसमा ८२ जना मारिएका छन् । मारिएका यी मानिसहरू लागूपदार्थ तस्करहरू हुन् भनी अहिलेसम्म स्पष्ट पहिचान हुन सकेको छैन । अमेरिकी कांग्रेसको एक समितिले ड्रोन आक्रमणको पूरा भिडियो हेरेको छ ।

समितिका सदस्यहरूले यो उनीहरूको जीवनको सबैभन्दा भयावह दृश्य भएको बताए । दुई निहत्था मानिसहरू मद्दतको स्थितिमा थिए, तैपनि अमेरिकाले उनीहरूलाई मा¥यो ।

भिडियोमा दुई जना मानिस शर्ट नलगाई डुङ्गाको भाँचिएको भागलाई समातेर पानीमा तैरिरहेका देखिन्छन् । उनीहरू डुङ्गालाई सीधा गर्न सक्दैनन् र त्यसपछि हात उठाएर आत्मसमर्पणको सङ्केत दिन्छन् ।

यसैबीच एडमिरल फ्र्याङ्क ब्रैडलीले फेरि हमला गर्ने आदेश दिन्छन् । हेगसेथले आफ्नो एक प्रारम्भिक बयानमा आफूले हमला प्रत्यक्ष हेरेको स्वीकार गरेका थिए । यद्यपि, पछि उनले आफ्नो बयान बदल्दै गए ।

हेगसेथले दोस्रो हमलाको निर्णयको समर्थन गरेका छन्, तर दोस्रो हमलाको आदेश दिने जिम्मेवारी भने लिएका छैनन् । उनले अन्तिम हमला एडमिरल फ्र्याङ्क ब्रैडलीको भनाइमा गरिएको बताएका छन् ।

एडमिरल फ्र्याङ्क ब्रैडली डिसेम्बर ४ मा संसदमा उपस्थित भए । यस क्रममा फ्र्याङ्कले हेगसेथले डुङ्गामा सवार सबैलाई मार्ने आदेश नदिएको बताए । संसदमा उपस्थित हुनुअघि फ्र्याङ्कले दोस्रो हमला गर्नुअघि कानूनी सल्लाहकारहरूसँग सोधपुछ गरेको दाबी गरेका थिए ।

बन्द कोठामा देखाइएको पूरा भिडियोमा डुङ्गामा अझै कोकिनका झोलाहरू रहेका त्यो तैरिरहेको थियो भनिएको छ । रक्षा मन्त्रालयका अधिकारीहरूले भने कि बाँकी मानिसहरूले डुङ्गालाई भेनेजुएला फर्काएर लैजान्थे वा मद्दत बोलाएर फेरि लागूपदार्थ पु¥याउने प्रयास गर्थे ।

तर अमेरिकी कानूनका जानकारहरूका अनुसार युद्धका नियमहरू स्पष्ट छन् । यी अनुसार, जो व्यक्ति घाइते, बेहोस, वा पानीमा डुबिरहेको छ र लडाईंमा भाग लिन सक्दैन, उसमाथि हमला गर्नु युद्ध अपराध हो ।

पीट हेगसेथमाथि को यो पहिलो विवाद भने पक्कै होइन । मार्चमा हेगसेथले यमनमा हुथी विद्रोहीहरूमाथि अमेरिकी हमलाको योजना लिक गरेका थिए । हेगसेथले उक्त योजना सिग्नल एप मा एक गोप्य ग्रुप च्याटमा सेयर गरेका थिए ।

यस ग्रुपमा द एट्लान्टिक म्यागजिनका मुख्य सम्पादक जेफ्री गोल्डबर्ग पनि जोडिएका थिए । जेफ्री गोल्डबर्गले आफूलाई गल्तीले यस ग्रुप च्याटमा जोडिएको बताए । यो ग्रुप सुरक्षित मेसेजिङ एप सिग्नलमा बनाइएको थियो ।

यसअघि २०१७ मा हेगसेथमाथि एक महिलाले यौन उत्पीडनको आरोप लगाएकी थिइन् । पछि हेगसेथले महिलालाई ५० हजार डलर दिएका थिए । पीट हेगसेथलाई ट्रम्पले दोस्रो कार्यकालमा आफ्नो सरकारले पेन्टागनको नेतृत्वका लागि छनोट गरेका हुन्।

उनी पूर्व सैनिक, टेलिभिजन होस्ट तथा कट्टर ‘अमेरिका फस्र्ट’ नीतिका समर्थक राजनीतिज्ञका रूपमा चिनिन्छन्। उनले प्रिन्सटन विश्वविद्यालयबाट राजनीति विषयमा स्नातक गरेका छन् र पछि हार्वर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा थप अध्ययन गरेका छन्।

हेगसेथले २००३ मा प्रिन्सटनबाट स्नातक भएपछि यूएस आर्मी नेसनल गार्डमा इन्फेन्ट्री अफिसरका रूपमा कमीशन पाए।

उनले ग्वान्तानामो बे, इराक र अफगानिस्तानमा सेवा गरेका छन् उनले रक्षा मन्त्री बनेपछि अमेरिकी सेनाको मुल्य दर्शन वारियर इथोस पुनर्जीवित गर्ने, चीनलाई रोक्न इन्डो–प्यासिफिक क्षेत्रमा सैन्य सशक्तिकरण गर्ने, घरभित्रको सुरक्षा र औद्योगिक आधार सुदृढ बनाउने जस्ता एजेन्डा अगाडि सारेका छन्।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top