×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ट्रम्पको व्यवहारपछि जियो पोलिटिक्समा भूकम्प

१८ फाल्गुन २०८१

१८ फागुन , एजेन्सी ।

डोनाल्ड ट्रम्पको नीतिले अमेरिका प्रति सहयोगी देशहरूको विश्वास भूकम्पको तेन कम्पन्न जसरी हल्लाइदिएको छ। ट्रम्प एक प्रकारले ‘फिरौती लिएर सुरक्षा’ दिने कुरा गरिरहेका छन्। उनले युरोपेली देशहरूलाई आफ्नै सुरक्षाको व्यवस्था गर्नुपर्ने बताएका छन्।

उनले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों र बेलायती प्रधानमन्त्री कीर स्टारमरलाई ह्वाइट हाउसमा एक्लो महसुस गराएका छन् । यदि यी दुई नेताले कूटनीतिक अनुभव प्रयोग नगरेका भए, जेलेंस्कीमाथि जस्तै अवस्था उनीहरूमाथि पनि आउन सक्थ्यो।

ट्रम्पका निर्णयहरूले भू–राजनीतिमा ठूलो हलचल ल्याएको छ। डोनाल्ड ट्रम्पले हात झट्काएपछि अब फ्रान्स युरोपेली देशहरूको सुरक्षाका लागि अघि आएको छ। फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले भनेका छन् कि उनी रुसी खतराहरूको सामना गर्न युरोपेली देशहरूबीच परमाणु सुरक्षा निर्माणबारे छलफल गर्न तयार छन्।

अर्थात्, फ्रान्स अब रूसलाई रोक्न युरोपेली देशहरूमा परमाणु हतियार तैनाथ गर्न सक्ने संकेत गरेको छ। यसअघि नै एउटा रिपोर्ट आएको थियो, जसअनुसार फ्रान्स र जर्मनीबीच परमाणु हतियार स्थानान्तरणको विषयमा छलफल भइरहेको छ।

यस अन्तर्गत फ्रान्सले आफ्ना परमाणु हतियार जर्मनीमा तैनाथ गर्ने योजना बनाइरहेको छ। फ्रान्सेली अखबार ले मोंडे लाई दिएको अन्तर्वार्तामा म्याक्रोंले भनेका छन्, “जर्मनीका सम्भावित चान्सलर फ्रेडरिक मर्जÞको अनुरोधपछि युरोपमा परमाणु हतियारबारे छलफल गर्न तयार छु।“

मानिन्छ कि फ्रेडरिक मर्जÞ जर्मनीका आगामी चान्सलर बन्न सक्छन्। उनी जर्मनीमा परमाणु हतियार तैनाथ गर्ने योजनाको खुला समर्थन गरिरहेका छन्। म्याक्रोंको टिप्पणी त्यस रिपोर्टपछि आएको हो, जसअनुसार फ्रान्स युरोपको सुरक्षा सुनिश्चित गर्न आफ्नो परमाणु प्रतिरोध क्षमता प्रयोग गर्न तयार छ।

युरोपलाई डर छ कि युक्रेनपछि रूसको अर्को लक्ष्य उनीहरू हुन सक्छन्। किंग्स कलेज लन्डन का किंग्स बिजनेस स्कूलका माइकल विटले न्यूजवीक लाई दिएको रिपोर्टमा भनेका छन् कि “फ्रान्सले युरोपेली देशहरूमा परमाणु हतियार तैनाथ गर्ने प्रस्ताव राख्नुको अर्थ हो— युरोपमा असुरक्षाको भावना बढेको छ।

उनीहरूलाई डर छ कि अमेरिका नेटोबाट बाहिरिन सक्छ। जसको अर्थ, अब युरोप आफ्नो सुरक्षाका लागि अमेरिकामाथि भर पर्न सक्दैन। उसले आफ्नो सुरक्षा आफै गर्नुपर्नेछ । म्याक्रोंले पोर्चुगिज टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भनेका छन् कि, “यदि युरोपले रक्षा मामिलामा ‘अधिक स्वतन्त्रता’ चाहन्छ भने, नेताहरूले परमाणु प्रतिरोधबारे रणनीतिक रूपमा ‘खुला’ छलफल सुरु गर्नुपर्छ।“

जर्मनीका सम्भावित चान्सलर मर्जÞले पनि फ्रान्स र बेलायतसँग परमाणु हतियार स्थानान्तरणबारे छलफल गर्नुपर्ने बताएका छन्। पूर्व युरोपेली राष्ट्र बेलायतले पनि अमेरिकाबाट अपहेलित भएर निकालिएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई स्वागत गर्दै आफूहरु युक्रेनी जनता र साझा युरोपको साथमा रहेको सन्देश दिएको छ।

बेलायती प्रधानमन्त्री किर स्टार्मरले १० डाउनिङ स्ट्रिटमा भएको बैठकमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई ‘बेलायतको पूर्ण समर्थन’ रहेको बताएका छन् । आफ्नो देशले ‘यस्ता साथी’ पाएकोमा आफू निकै खुसी भएको बेलायत पुगेपछि जेलेन्स्कीले स्टारमरलाई भनेका थिए ।

यस युद्धमा आफ्नो साथ दिएकोमा जेलेन्स्कीले बेलायतलाई पनि धन्यवाद दिएका थिए । जेलेन्स्की र स्टार्मरले युक्रेनी सैन्य सामाग्री आपूर्तिको लागि २ अर्ब २६ करोड पाउण्ड ऋण दिने सम्झौताा हस्ताक्षर गरेका छन् । यो बजेट हतियार खरिद गर्न खर्च हुनेछ ।

अमेरिकासँग करिब १०० वटा परमाणु मिसाइलहरूको भण्डार छ, जसको केही जर्मनीको रामस्टाइनस्थित अमेरिकी सैन्य आधारमा तैनाथ छन्। तर, डोनाल्ड ट्रम्पको बयानबाजीले युरोपको सुरक्षा प्रत्याभूति संकटमा परेको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध विशेषज्ञ प्रोफेसर माइकल विटले द वीक लाई भनेका छन्, “फ्रान्सले जर्मनी र युरोपलाई आफ्नो परमाणु सुरक्षा प्रदान गर्ने प्रस्तावले, अमेरिकी समर्थन हट्ने चिन्तालाई केही हदसम्म कम गर्न सक्छ। तर, जर्मनीले अघि सर्नुपर्छ र यस प्रयासलाई वित्तीय रूपमा समर्थन गर्नुपर्छ।“

साथै, उनले युरोपलाई आफ्ना ऊर्जा निर्भरताहरूलाई कम गर्नुपर्ने, बाह्य स्रोतहरूमा कम भरपर्नुपर्ने र घरेलु उत्पादनमा ध्यान दिनुपर्ने सुझाव दिएका छन्, किनभने ऊर्जालाई ब्ल्याकमेलिङको हतियारको रूपमा प्रयोग गर्न सकिन्छ।

ट्रम्प राष्ट्रपति बन्नुअघि पनि फ्रान्स र अमेरिकाबीच विभिन्न मुद्दाहरूमा विवाद रहेको थियो। फ्रान्स एक मात्र युरोपेली देश हो, जसको परराष्ट्र नीतिमा अमेरिकाको प्रभाव निकै कम देखिन्छ। विज्ञहरूका अनुसार, युक्रेन युरोपेली देशहरूमाथि फ्रान्सेली परमाणु हतियारहरूको भूमिकाबारे दबाब दिन खोजिरहेको छ, जसले बेलायतलाई पनि यस्तै कदम चाल्न बाध्य बनाउन सक्छ।

पछिल्लो तथ्याङ अनुशार फ्रान्ससँग हाल करिब २९० परमाणु हतियार छन्। फ्रान्सले १९६० मा पहिलो पटक परमाणु परीक्षण गरेको थियो। यसको परमाणु प्रतिरोध क्षमता मुख्य रूपमा ट्रायड सिस्टममा आधारित छैन, तर यसको रणनीतिक आणविक बल दुई प्रमुख भागमा बाँडिएको छः फ्रान्ससँग चारवटा परमाणु पनडुब्बी छन्।

प्रत्येक पनडुब्बीमा इंटरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल तैनाथ छन्। प्रत्येक मिसाइलले ६–१० वॉरहेडहरू बोक्न सक्छ। फ्रान्सको वायुसेनाले राफेल फाइटर जेटको माध्यमबाट क्रूज मिसाइल मार्फत परमाणु हमला गर्न सक्छ।

फ्रान्सले आफ्नो परमाणु कार्यक्रमलाई स्वतन्त्र रूपमा सञ्चालन गर्छ र यसमा अमेरिकाको कुनै प्रत्यक्ष प्रभाव छैन।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top