×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन

३ कार्तिक २०८२

२ कार्तिक , काठमाण्डौ ।

आफूले चाहे विश्वको जुनसुकै कुनाको युद्ध पनि रोक्न सक्ने साथै नयाँ तनावसमेत सृजना गराइदिन सक्ने बताउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयं भने आफ्नै देशमा विरोधीहरुले घेरिएका छन् ।

यो विरोध प्रतिष्पर्धी दल वा उनको विजनेश राइभलले नभई सिंगो देशबासीले गरिरहेका छन् । आम अमेरिकी यतिबेला देशैभर ट्रम्पको नीतिको विरोधमा उत्रिएका छन्। अमेरिकाका धेरै शहरहरूमा राष्ट्रपतिविरुद्ध प्रदर्शन सुरू भएको छ ।

राजधानी वाशिंगटन डीसी, न्यूयोर्क, शिकागो, मायामी र लस एन्जलसजस्ता शहरहरूमा प्रदर्शन सुरू भएको हो । शनिबार बिहान न्यूयोर्क शहरको प्रतिष्ठित टाइम्स स्क्वायरमा सुरू भएको ¥यालीमा हजारौं मानिसहरू सामेल भएका थिए ।

सडक र सबवेहरू ’राजतन्त्र होइन लोकतन्त्र’ र ’संविधान वैकल्पिक होइन’ लेखिएका प्लेकार्ड बोकेका मानिसहरूले भरिएका थिए । यी प्रदर्शनहरू हुनुभन्दा पहिला ट्रम्प समर्थकहरूले प्रदर्शनकारीहरू अति–वामपन्थी संगठन एन्टिफासँग सम्बन्धित रहेको आरोप लगाएका थिए ।

ट्रम्पका सहयोगीहरूले प्रदर्शनहरूलाई ’द हेट अमेरिका ¥याली’ भनेर निन्दा गरेका थिए । प्रदर्शनकारी र आयोजकहरूले शनिबार प्रदर्शन शान्तिपूर्ण रहेको बताएका छन् ।

आयोजक पक्षले आफ्नो वेबसाइटमा ’नो किंग्स’ प्रदर्शनको मूल सिद्धान्त अहिंसा रहेको बताएको छ । सबै प्रदर्शनकारीहरूलाई कुनै पनि सम्भावित द्वन्द्वलाई कम गर्न प्रयास गर्न अपील गरेको छ ।

न्यूयोर्क प्रहरी विभागका अनुसार, शहरभरि पाँच स्थानमा भएका विरोध प्रदर्शनमा एक लाख भन्दा बढी मानिसहरू सहभागी थिए । ह्वाइट हाउस फर्किएदेखि ट्रम्पले आफ्नो राष्ट्रपतिको शक्ति प्रयोग गर्दै धेरै कार्यकारी आदेशहरू जारी गरेका छन् ।

उनले कांग्रेसद्वारा अनुमोदित कोष रोकेका छन्, संघीय सरकारको कटौती स्थापना गरेका छन् र धेरै देशहरूमा व्यापक शुल्क लगाएका छन् । हालसालै, उनले गभर्नरहरूको विरोधको बाबजुद धेरै शहरहरूमा राष्ट्रिय गार्ड तैनाथ गरेका छन् ।

राष्ट्रपतिले समस्याग्रस्त देशको पुनर्निर्माणका लागि आफ्ना कार्यहरू आवश्यक रहेको बताएका छन् । ट्रम्पले तानाशाह वा फासीवादी भएको आरोपलाई ’पागल’ भनेर खारेज गरेका छन् ।

यता प्रदर्शन आयोजना गर्ने पक्षले देशभरि दुई हजार ६०० भन्दा बढी कार्यक्रम हुने अपेक्षा गरेको अलजजिराले जनाएको छ । ‘विरोध गर्नु नै ठूलो देशभक्ति हो’, ‘फाँसीवादको प्रतिरोध गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर शनिबार धेरै स्थानमा ¥याली गरिएको थियो ।

¥यालीका कारण सडकहरू उत्सवजस्तै देखिएको थियो । ट्रम्प ह्वाइट हाउस फर्किएपछि यो तेस्रो ठूलो प्रदर्शन हो । यो प्रदर्शन हालको सरकारी ‘सटडाउन’को पृष्ठभूमिमा भइरहेको छ ।

‘सटडाउन’ले संघीय कार्यक्रम र सेवा मात्र बन्द नभएर संसद् र अदालतको संस्थागत स्वतन्त्रतामाथि खतरा बढेको चेतावनी पनि दिएको छ । प्रदर्शनकारी न्युयोर्कको टाइम्स स्क्वायर, बोस्टन कमन, शिकागोको ग्रान्ट पार्क र सयौँ साना सार्वजनिक स्थलमा जम्मा भएका थिए ।

अमेरिकाबाहिर पनि ¥याली आयोजना गरिएको थियो । लन्डनस्थित अमेरिकी दूतावासबाहिर २०० भन्दा बढी प्रदर्शनकारी भेला भए । म्याड्रिड र बार्सिलोनामा पनि सयौँले सहभागिता जनाएका थिए ।

ट्रम्प आफैँ फ्लोरिडास्थित मार–ए–लागोमा बस्दै आएका छन् । शुक्रबार फक्स न्युजसँगको अन्तर्वार्तामा उनले भने, “उनीहरूले मलाई राजा भन्दै छन्, तर म राजा होइन।”

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top