×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ट्रम्पसँग जेलेन्स्कीले बन्द कोठामा छलफल गर्ने,सम्बन्ध सुध्रिने

१९ फाल्गुन २०८१

१९ फागुन , एजेन्सी ।

बेलायतले युक्रेनको सुरक्षा र शान्तिका लागि चार बुँदे प्रस्ताव पेश गरेको छ । डोनाल्ड ट्रम्पसंगको बाझाबाझपछि त्यहाँबाट फर्किएर बेलायत पुगेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित युरोपियन देशहरूबीचको शिखर सम्मेलनमा बेलायतले चार बुँदे प्रस्ताव अघि सारेको हो ।

बेलायतको प्रस्ताबमा युरोपियन देशहरू सहमत भएका छन् । बेलायतका प्रधानमन्त्री स्टार्मरले युक्रेनलाई युद्ध अन्त्य गर्न र रुसबाट सुरक्षित गर्नका लागि आफ्नो योजना सार्वजानिक गरे । उनले बेलायत, फ्रान्स र अन्य राष्ट्रहरू मिलेर ‘इच्छुक राष्ट्रहरूको गठबन्धन’ गरेर युक्रेनलाई थप समर्थन गर्ने बताए ।

साथै अमेरिकालाई पनि यस अभियानमा संलग्न गराउने प्रयास गरिने उनको जिकिर थियो । शिखर सम्मेलन पछि स्टार्मरले भने,’हामी इतिहासको एउटा दोबाटोमा उभिएका छौं’ । १८ नेताहरूको शिखर सम्मेलनपछि जेलेन्स्कीले युक्रेनले मजबुत समर्थन महसुस गरेको बताए ।

जेलेन्स्कीले भने,’युरोपेली एकता लामो समयदेखि नदेखिएको उच्च स्तरमा पुगेको प्रमाणित भएको छ।’ स्टार्मरले प्रस्तुत गरेका चार बुँदामा पहिलो छ, युक्रेनलाई सैन्य सहायता निरन्तर उपलब्ध गराउने र रुसमाथि आर्थिक दबाब बढाउने ।

दोस्रोमा स्थायी शान्ति सुनिश्चित गर्न युक्रेनको सार्वभौमिकता र सुरक्षालाई प्राथमिकता दिने, साथै कुनै पनि शान्ति वार्तामा युक्रेनको उपस्थितिलाई अनिवार्य बनाउने । तेस्रोमा शान्ति सम्झौता भए पनि युक्रेनको रक्षा क्षमतालाई अझ सुदृढ गर्दै भविष्यमा कुनै पनि आक्रमण रोक्ने उपाय अपनाउने र चौथोमा युक्रेनमा शान्ति सम्झौताको रक्षा गर्न र शान्ति कायम राख्न इच्छुक राष्ट्रहरूको गठबन्धन निर्माण गर्ने ।

स्टार्मरले युक्रेनका लागि १.६ अर्ब पाउन्डको अतिरिक्त ब्रिटिश निर्यात वित्त सहायता घोषणा गरे, जसबाट ५ हजारभन्दा बढी हवाई प्रतिरक्षा मिसाइलहरू खरिद गरिने जनाइएको छ। यो सहायता रूसबाट जफत गरिएका सम्पत्तिबाट आएको मुनाफाबाट प्रदान गरिने जनाइएको छ ।

त्यस्तै, २.२ अर्ब पाउन्ड ऋणको अतिरिक्त रूपमा रहने छ । स्टार्मरले भने,’हामीले विगतका गल्तीहरूबाट सिक्नुपर्छ । रुसले सजिलै तोड्न सक्ने कुनै पनि कमजोर सम्झौतामा हामी सहमत हुन सक्दैनौं। कुनै पनि सम्झौता बलियो आधारमा टिक्नुपर्छ,’उनले भनेका छन् ।

प्रधानमन्त्री स्टार्मरले ‘इच्छुक राष्ट्रहरूको गठबन्धन’मा कुन देशहरू सामेल भएका छन् भन्नेबारे खुलाएनन्, तर संलग्न देशहरूले अत्यन्तै गम्भीरताका साथ योजनाबद्ध तयारी गर्ने बताए । बेलायतले आफ्नो प्रतिबद्धता अनुसार सेना तैनाथ गरेर र हवाई सुरक्षा बढाएर आफ्नो जिम्मेवारी निभाउने बताए ।

साथै, यो सम्झौताका लागि अमेरिकी समर्थन आवश्यक रहेको र रूस पनि समावेश हुनुपर्ने तर मस्कोलाई सम्झौताको सर्तहरू तोक्न नदिइने उनले बताए । ‘म स्पष्ट पार्न चाहन्छु, हामी ट्रम्पसँग स्थायी शान्तिको आवश्यकता बारे सहमत छौं। अब हामी सबै मिलेर यो सुनिश्चित गर्नुपर्छ,’ उनले भनेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पको नेतृत्वमा अमेरिका एक अविश्वसनीय साझेदार बन्ने हो कि भन्ने प्रश्नमा उनले भने, ‘कसैले पनि गत शुक्रबार जस्तो स्थिति हेर्न चाहँदैन। तर म अमेरिका अविश्वसनीय साझेदार हो भन्ने मान्दिनँ।’

शिखर सम्मेलनमा सहभागी देशहरूमा फ्रान्स, पोल्याण्ड, स्वीडेन, टर्कीए, नर्वे, चेक गणराज्य, डेनमार्क, जर्मनी, नेदरल्यान्ड्स, रोमानिया, फिनल्यान्ड, इटाली, स्पेन र क्यानडा थिए ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेअर लेयेनले अहिले युरोपलाई पुनःशस्त्रीकरण गर्नुपर्ने तत्काल आवश्यकता रहेको बताइन् ।

नेटोका महासचिव मार्क रुट्टेले पनि यस्तै धारणा व्यक्त गर्दै बैठकमा युरोपेली देशहरूले युक्रेनलाई आवश्यक पर्ने सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताए । यसबीच युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तिक्त्तिएको सम्बन्ध सुधार गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

युरोपेली नेताहरूको बैठकपछि पत्रकारहरूसँग कुराकानीमा जेलेन्स्कीले सम्बन्ध ब्युँताउन सक्ने तर त्यसका लागि छलफल बन्द कोठामा हुनुपर्ने बताएका हुन् । ’मलाई लाग्छ हाम्रो सम्बन्ध टुटेको छैन, निरन्तरता नै छ । तर त्यस्ता छलफलहरू खुला हुनुहुँदैन थियो,’ उनले भने ।

अमेरिका सभ्य संसारको नेता भएका कारण पनि उसले युक्रेनलाई सहयोग बन्द नगर्ने पनि जेलेन्स्कीले बताए । ’सभ्य दुनियाँको नेताको हैसियतले रूसी राष्ट्रपति पुटिनलाई सहयोग गर्न चाहँदैनन् भन्ने विश्वास छ । त्यसो नभए पनि युक्रेन सबै परिणामका लागि तयार छ,’ जेलेन्स्कीले भने ।

अमेरिकासँग खनिज सम्झौताका लागि आफू अझै पनि तयार भएको जेलेन्स्कीले बताएका छन् । उनी त्यही सम्झौताका लागि शुक्रबार ह्वाइट हाउस पुगेका थिए । तर ओभल अफिसमा चर्काचर्की परेपछि सम्झौता हुन नसकेपछि जेलेन्स्की बाहिरिएका थिए ।

यद्यपि सम्झौताका लागि पुनः छलफल हुन सक्छन् कि भनेर जेलेन्स्की निकैबेर ह्वाइट हाउसबाहिर कुरेको बताएका छ । उता क्रेमलिनले भने आइतबार प्रसारित टिप्पणीमा संयुक्त राज्य अमेरिकाको विदेश नीतिमा नाटकीय परिवर्तन मूलतः यसको आफ्नै दृष्टिकोणसँग मिल्दोजुल्दो छ भनेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गरेर मस्कोसँग सम्बन्ध निर्माण गर्न खोजिरहेका छन् र संयुक्त राष्ट्रसङ्घमा रुसको पक्षमा उभिएका छन् ।

‘नयाँ प्रशासनले विदेश नीतिका सबै संरचनाहरू द्रुत गतिमा परिवर्तन गरिरहेको छ । यो धेरै हदसम्म हाम्रो दृष्टिकोणसँग मेल खान्छ,’ क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले सरकारी टेलिभिजनका एक पत्रकारलाई भने, ‘अझै लामो बाटो तय गर्नुपर्ने छ, किनकि द्विपक्षीय सम्बन्धहरूको सम्पूर्ण परिसरमा ठुलो क्षति भएको छ ।

उता अमेरिकामा भने युक्रेनको समर्थनमा व्यापक प्रदर्शन देखिएको छ । न्युयोर्क, लस एन्जलस र बोस्टनमा सयौँ मानिस भेला भएर प्रदर्शन गरेका छन् । यसबाहेक, भर्मन्टको वेट्सफिल्डको एउटा सडकमा प्रदर्शनकारीहरू युक्रेन समर्थक नारा लेखिएका प्लेकार्ड बोकेका देखिए ।

उप–राष्ट्रपति जेडी भान्स आफ्नो परिवारसँग बिदा मनाउन यहाँ आएका थिए । अमेरिकी मिडियामा आएका रिपोर्टका अनुसार यो प्रदर्शनपछि उपराष्ट्रपति र उनको परिवारलाई अज्ञात स्थानमा पठाइएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top