Nepal Times
Nepal Times
3
Shares

ठेकेदारको लापरवाहीले दुर्लभ एकसिङे गैँडा मर्यो

ठेकेदारको लापरवाहीले दुर्लभ एकसिङे गैँडा मर्यो

९ माघ, चितवन । चितवनको भरतपुर महानगरपालिकाले निर्माण गर्दा गर्दै अलपत्र छाडिएको ६ लेन सडकको ढलमा खसेर एउटा दुर्लभ एकसिङे गैँडा मरेको छ ।

विश्वमै दुर्लभ एक सिंङे गैडाको संरक्षणका लागि सरकारले ठूलो धनराशि खर्च गरिरहेको अवस्थामा विकास निमार्णमा गरिएको लापरवाहीले गौंडाको अनाहकै ज्यान गएको छ ।

भरतपुर महानगरपालिकाको गोन्द्राङ क्षेत्रमा नाली बनाउन खनिएको खाडलमा खसेर च्यापिएपछि पोथी गैँडाले ज्यान गुमाएको हो ।

स्थानीयबासीले आइतवार दिउँसो मात्र गैँडालाई ढलको खाल्डोमा च्यापिएको अवस्थामा देखेका थिए । खाडलमा च्यापिएर मरेको गैँडालाई निकाल्न निकुञ्जको टोली पुगेको छ ।

स्थानीयका अनुसार गैँडा लगायतका जंगली जनावर हिँड्ने करिडोर क्षेत्रमा ६ लेन सडक निर्माणका लागि खनेर महिनौंसम्म अलपत्र छाडिएको थियो । ठेकेदारले निर्माण कार्य अलपत्र छाडेको खाडलमा खसेको गैँडा त्यहीँ च्यापिएर मरेको स्थानीयको भनाई छ ।

स्थानीयबासीले सडक अलपत्र छाड्ने ठेकेदारमाथि कारबाही पनि माग गरेका छन् । नियमन गर्ने निकायले पनि लापरबाही गर्ने ठेकेदारलाई निगरानी नगर्दा यो घटना भएको उनीहरुको गुनासो छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.