×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ठोस प्रस्तावसहित वाम तालमेल: मधेसकेन्द्रित दल र सानासँग मिल्ने यस्तो रणनीति

१ माघ २०७४

राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले कम्तीमा ३८ र बढीमा ४१ सिटसम्म जित्न सकिने प्रारम्भिक आकलन गरेको छ । कार्यदलका नेताहरूका अनुसार एमालेले ३० र माओवादीले न्यूनतम आठदेखि ११ सिट जित्ने गरी तालमेल हुनेछ । यद्यपि, दुवै दलले सातवटै प्रदेशका ५६ सिटमै उम्मेदवारी दिने र त्यस अनुपातकै सिटमा तालमेल गर्ने गरी ठोस प्रस्ताव बनाउने गृहकार्य अघि बढाएका छन् ।

प्रदेश १ र ३ मा एमालेको बहुमत रहेकाले आठ सिटमध्ये दलित र अल्पसंख्यक वा अपांगता कोटामा उसैको उम्मेदवार निर्वाचित हुनेछन् । बाँकी खुला तीन र महिला तीन सदस्यमा दुई दलले तालमेल गरेर उम्मेदवार उठाउनेछन् ।

प्रदेश २ मा राजपा र संघीय समाजवादी फोरम मिल्दा चार सिट, वाम गठबन्धनले बढीमा दुई र कांग्रेसले दुई सिट जित्ने सम्भावना छ । मधेसकेन्द्रित दल गठबन्धनसँग मिलेमा भने कांग्रेसको सिट घट्ने तथा गठबन्धन र मधेसकेन्द्रित दलको सिट बढ्न सक्ने नेताहरूको भनाइ छ ।

मधेसकेन्द्रित दल र सानासँग मिल्ने रणनीति 
न्यूनतम ३८ सिट जित्ने निश्चित देखिए पनि थप तीन सिटमा पनि जित सुनिश्चित गर्न वाम गठबन्धनले मधेसकेन्द्रित संघीय समाजवादी फोरम र राजपा तथा राष्ट्रिय जनमोर्चा, नेमकिपा, विवेकशील साझा, नयाँ शक्ति पार्टी र स्वतन्त्र हैसियतमा जितेकासँग छलफल चलाउने भएको छ ।

कार्यदल सदस्य पुनका अनुसार प्रदेश २, ३ र ६ मा मधेसकेन्द्रित सहित साना दलसँग सहयोगका लागि छलफल चलाइने छ । प्रदेश २ मा १ सिट मात्रै सुनिश्चित रहेकाले थप एकदेखि दुई सिट सुनिश्चित गर्न राजपा र फोरमसँग छलफल गरिने उनको भनाइ छ ।

त्यस्तै, प्रदेश ३ मा नेमकिपा, विवेकशील साझा र नयाँ शक्ति, ६ मा आठवटै सिट सुनिश्चित गर्न स्वतन्त्र हैसियतमा चुनाव जितेकासँग छलफल गरिने पुनले बताए । १, ३, ४, ५ र ७ मा कम्तीमा हरेक प्रदेशमा ६ सिट जित्न सकिने वाम गठबन्धनको हिसाब छ । त्यस्तै, ६ मा पूरै र मधेसकेन्द्रित दलसँग तालमेल गरेर बढीमा तीन सिट जित्ने गठबन्धनले लक्ष्य राखेको छ ।

एमालेको बहुमत रहेकाबाहेकका प्रदेशमा बहुमतीयबाट निर्वाचित हुने दलित, अपांगता वा अल्पसंख्यक कोटामा एक–एक सिट तथा प्रदेश ५ र ७ मा एक–एक सिट खुला या महिलामा बाँडिन सक्ने सम्भावना देखिएको एक नेताले बताए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top