Nepal Times
Nepal Times
3
Shares

डढेलोले सखाप हुँदै वन

डढेलोले सखाप हुँदै वन

३० चैत, काठमाडौँ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले मुलुकका अधिकांश क्षेत्रमा ठूलो क्षति पु¥याएको छ तर हरेक वर्ष सचेतनाको कार्यक्रम गर्दै आएको सरकारले रोकथाम तथा नियन्त्रणमा पर्याप्त योजना ल्याउन सकेको छैन भने भएका कार्यक्रम र योजना पनि प्रभावहीन बन्दै आएका छन् ।

मनाङका जंगलमा लागेको डढेलो अझै पूर्णनियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रूखका ठुटामा आगो बलिरहेको देखिन्छ ।

विगत केही दिनयता तापक्रम बढ्दै जाँदा पश्चिम नेपाल र मध्यतराई तथा केही पहाडी भेगमा डढेलो लागेकाले सतर्क रहन विज्ञले चेतावनी दिएका छन् । डढेलोका कारण वायुप्रदूषण पनि बढेको छ र त्यसबाट जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्ने चेतावनी पनि दिइएको छ ।

यस वर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलो एक दशकयताकै उच्च भएको वन तथा भूसंरक्षण विभागका उपसचिव तथा डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले बताए ।

साता दिनमा एकपटक पनि पानी नपरे आगामी दुई महिनासम्म आगलागीको जोखिम उत्तिकै हुने भएकाले जंगलनजिकैका बस्ती थप सचेत बन्नुपर्ने उनले बताए । नेपालमा सामान्यतः चैतदेखि जेठसम्म बढी आगलागी हुने गर्छ ।

एकै दिन ४७ जिल्लाका ४ सय ७९ स्थानमा बिहीबार डढेलो लागेको दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जाल संयोजक डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार आइतबार अपराह्नसम्म ४ सयभन्दा बढी स्थानमा डढेलो लागेको जानकारी दिए । गत वर्षको तुलनामा यस वर्ष बढी डढेलो लागेको उनले बताए ।

आजको राजधानी दैनिकमा समाचार छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.