×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

डाइभर्ट जहाज अबदेखि भैरहवामा अवतरण हुने

३ मंसिर २०८२

२ मंसिर , काठमाण्डौ ।

नेपाल वायुसेवा निगमले अबदेखि आफ्नो जहाज डाइभर्ट गर्नुपर्ने अवस्थामा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गर्ने भएको छ । अहिलेसम्म डाइभर्टका लागि भारतका विमानस्थलहरू प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएकोमा अब भैरहवा विमानस्थल उपयोग गर्न सकिने व्यवस्था लागू भएको निगमले जनाएको छ ।

भोलिदेखि लागू हुने गरी कुनै पनि कारणले काठमाण्डौबाट जहाज डाइभर्ट गर्नुपरे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवालाई वैकल्पिक विमानस्थलका रुपमा प्रयोग गर्ने निगमले निर्णय गरेको हो ।

यसले डाइभर्टमा लाग्ने खर्च तथा समय दुवै बचत हुने निगमको भनाइ छ । यस्तै निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि वैकल्पिक विमानस्थलका रूपमा उपयोग गर्न अध्ययन प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।

यससंगै भोलिदेखि नेपाल एयरलाइन्सका विमान डाइभर्ट भएर भारत वा अन्य देश नजाने भएको हो । राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसके एयरलाइन्सको जहाज भारतको नयाँ दिल्ली जाने गरेको थियो ।

त्यतिबेला देशमै अन्य २ वटा अन्तर्राष्ट्रिय विमानस्थल हुँदाहुँदै भारत किन जानु परेको भन्दै आलोचना हुने गरेको छ । यसैबीच अब भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा विभिन्न कारणले अवतरण गर्न नसक्ने नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का जहाज भारतका विमानस्थलमा होइन, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा डाइभर्ट गरिने भएको छ ।

निगमले मिति २०८२ मंसिर ३ गतेदेखि लागू हुनेगरी भैरहवा विमानस्थललाई औपचारिक रूपमा वैकल्पिक विमानस्थल घोषणा गरेको छ । सो निर्णय मंसिर १ गते गरेको निगमका प्रवक्ता अनिल घिमिरेले जनाएका छन् ।

अहिलेसम्म टीआईएमा खराब मौसम, भीडभाड वा अन्य कारणले अवतरण गर्न नसक्ने अवस्था आएमा नेपाल एयरलाइन्सका जहाज नजिकैको भारतीय विमानस्थलमा डाइभर्ट हुने गर्थे । अब भने भैरहवामा ल्यान्ड हुने भएका छन् ।

भारत जानु नपरे पछि उल्लेखनीय खर्च कटौती हुने विश्वास निगमको छ । यससँगै निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई समेत अर्को वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्न सकिने सम्भावनामा अध्ययन प्रक्रिया सुरु गर्ने निर्णय पनि गरिएको प्रवक्ता घिमिरेले बताएका हुन् ।

विसं २०७९ जेठ १ गते, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । पर्यटक लक्षित गर्दै खोलिएको यो विमानस्थल पूर्ण रूपमा सञ्चालन हुन नसक्दा अझै निराश हुनुपर्ने अवस्था छ । यस विमानस्थलमा विमान नियमित हुन सकिरहेका छैनन् ।

नियमित मात्र हैन आकस्मिक रूपमा अवतरणका लागि पूर्णतया तयार हुँदा पनि यो विमानस्थलले अहिलेसम्म एयर चाइनाका बाहेक अन्य डाइभर्ट विमान अवतरण गराउन सकेको थिएन ।

भैरहवा विमानस्थलमा आकस्मिक उडान गरेर राति होल्ड हुनुप¥यो भने यात्रुलाई कहाँ राख्ने, चालक दलका सदस्यलाई कसरी व्यवस्थापन गर्ने र दोस्रो दिन उडान गर्नुअघि विमान जाँच कसले गर्ने भन्ने विषय निश्चित नभएकाले पनि विमानहरू यहाँ आउन नचाहेको जानकारहरू बताउँछन् ।

भैरहवा विमानस्थल नियमित सञ्चालन भएर सहजै यस्ता सुविधा प्राप्त नहुँदासम्म काठमाडौँमा अवतरण हुन नसकेका विमान भैरहवामा अवतरण गराउन सकिँदैन । यसबाहेक नेपाल भारतमा इन्धनको मूल्यमा रहेको असमानताले पनि डाइभर्ट उडान भैरहवामा अवतरण गराउन बाधा गरेको छ ।

नेपालको तुलनामा भारतमा हवाई इन्धनको मूल्य सस्तो छ । नेपालमा हवाई इन्धनको मूल्य ९७३ डलर प्रतिहजार लिटर रहेको छभने भारतमा सोही परिमाणको इन्धनको मूल्य ८१७ डलर मात्र रहेको छ ।

ठूलो परिमाणमा इन्धन राख्ने विमानहरूलाई भारतको इन्धनको कारण लाखौँ बचत हुने भएकाले पनि उनीहरूको रोजाइमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पर्दैन । दूरी र समयको हिसाबले लखनऊभन्दा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक हो ।

दूरीका हिसाबले काठमाडौँबाट भैरहवा गएर ल्यान्ड गर्नुभन्दा लखनऊ गएर ल्यान्ड गर्न भने १४२ नौटिकल माइल बढी पर्छ । तर तत्कालको अवस्थामा विदेशी एयर कम्पनीका जहाजले मात्रै होइन नेपाल एयरलाइन्सका जहाजले समेत काठमाडौँबाट डाइभर्ट भएका जहाज गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको सट्टा लखनऊ लैजाने गरेका छन् ।

विमानस्थल स्रोतका अनुसार बाहिर हल्ला भए जस्तो रुटकै समस्याको कारण विदेशी विमानहरू नआएकामा सत्यता छैन । विमानहरूलाई काठमाडौँभन्दा भैरहवाको विमानस्थलमा अवतरण गर्न सहज र कम खर्चिलो हुने जानकारहरूको भनाइ छ ।

सिमराबाट छिरेका विमानलाई काठमाडौँ जानुभन्दा सहज भैरहवा आउन हुन्छ । दूरीमा दृष्टिले केही टाढा रहे पनि काठमाडौँजस्तो अवरोध यहाँ छैन । आकाशमा ट्राफिकका कारण विमान अवतरण हुन नसके यसले थप खर्च बढाउँछ, यहाँ त्यस्तो कुनै समस्या छैन ।

यसबाहेक लिमा ६२६ हुँदै बाहिर उड्ने विमानहरूलाई भैरहवाबाट उड्दा पनि दूरी छोटिने सुविधा पनि रहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार दक्ष जनशक्तिको कमी नै यहाँ विमान डाइभर्ट हुन नसक्नुको मूल कारण हो ।

‘भैरहवाको तुलनामा लखनऊ र अन्य अन्तर्राष्ट्रिय विमानस्थलहरूमा यस्ता दक्ष प्राविधिक जनशक्ति तयारी अवस्थामा रहेका हुन्छन्, भैरहवामा ग्राउन्ड ह्यान्डलिङको टिम भए पनि इन्जिनियरको टिम छैन छैन,’ साह बताउँछन् ।

सुविधाको दृष्टिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौँभन्दा धेरै सुविधा रहेको छ । विमानस्थलका प्रवक्ता साहका अनुसार भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवाहरूलाई आकर्षित गर्न २०८३ भदौ मसान्तसम्म यात्रु सेवा शुल्क, पार्किङ, ल्यान्डिङ र न्याभिगेसन सेवा शुल्कमा शत्प्रतिशत छुट प्रदान गरिएको छ

ग्राउन्ड ह्यान्डलिङ सेवामा ७५ प्रतिशतसम्म छुट छ । हवाई इन्धनको मूल्य ब्रेक इभन प्वाइन्टमा निर्धारण गरी बिक्री गरिएको छ । यो भनेको काठमाडौँको तुलनामा सरदर करिब एक डलर प्रतिकिलोलिटर हुन आउँछ ।

विमानस्थल सञ्चालनका लागि क्षेत्रीय स्तरमा भन्दा पनि राज्यस्तरबाट पहल नभएको गुनासो स्थानीय अगुवाहरूको रहेको छ । अहिले पनि ‘कूटनीतिक पहल नपुगेको’ उनीहरुको टिप्पणी छ ।

जसका कारण दुईवटा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल भए पनि त्यो देखाउनकै लागि निर्माण गरेको जस्तो भएको छ । नेपालले अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या बढाए पनि तिनको उपयोगिता र सञ्चालनमा देखिएको उदासीनताले राष्ट्रको छविलाई गम्भीर धक्का दिएको छ ।

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलहरूमा अर्बौंको लगानी भए पनि, हालसम्म यी विमानस्थलहरूमा नियमित अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन हुन सकेका छैनन्। यी दुवै विमानस्थलहरूलाई मुख्यतयाः घरेलु उडानहरू मात्रै धानिरहेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top