Nepal Times
Nepal Times
3
Shares

डा. केसीका जायज माग सम्बोधन गर्दै जीवन रक्षा गर्न चिकित्सक संघको माग

डा. केसीका जायज माग सम्बोधन गर्दै जीवन रक्षा गर्न चिकित्सक संघको माग

२ असोज, काठमाडौं । जुम्लामा अनशनरत डा. गोविन्द केसीका जायज माग सम्बोधन गर्दै जीवन रक्षा गर्न नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ ।

डा. केसी अनशन बसेको पाँच दिन भइसक्दा पनि सरकारले कुनै चासो नदिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको चिकित्सक संघले जनाएको छ ।

संघका महासचिव डा. बद्री रिजालले आज जारी गरेको विज्ञप्ति डा. केसीका माग वार्तामार्फत् सम्बोधन गर्न भनिएको छ ।

नेपाल चिकित्सक संघका आजीवन सदस्यसमेत रहेका प्रा.डा. केसी जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि १९ औं अनशनमा छन् । डा. केसीको स्वास्थ्य जटिल हुँदै गएको उनी निकट चिकित्सकहरु बताउँछन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.