Nepal Times
Nepal Times
3
Shares

डा. केसी स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना

डा. केसी स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना

२८ कार्तिक, कैलाली । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका छन् ।

गएको मंगलबार १७ औं पटकको अनशन स्थगित गरेका उनी चिकित्सकका सल्लाहमा बुधबार राति ८ बजेतिर अस्पताल भर्ना भएका हुन् । डडेल्धुरामा उनले नवौं दिनमा अनशन स्थगित गरेका थिए । बुधबार दिउँसो धनगढी आइपुगेका हुन् । अस्पतालको शय्याबाटै उनले सीमा अतिक्रमणको मुद्दाका कारण अनशन स्थगित गरेपनि माग पूरा नभए पुनः अनशन बस्ने चेतावनी दिए ।

जनताको स्वास्थ्यसँग जोडिएका मुद्दालाई गम्भीररुपमा लिन र आफूसँग गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सरकारसँग उनले आग्रह गरे । सेती प्रादेशिक अस्पतालका डा. निराजनदत्त शर्मा पौड्यालले डा. केसीलाई आरामको आवश्यकता रहेको बताए । अनशनका कारण डा. केसीको स्वास्थ्यमा समस्या देखिएको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.