×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

डेंगुको उपचारमा बढी शुल्क लिए कारवाही

२ असार, विराटनगर । डेंगुको प्रदेश १ का कुनैपनि अस्पतालमा उपचार गर्दा आवश्यक भन्दा बढी शुल्क लिएमा प्रदेश सरकारले कारवाही गर्ने भएको छ ।

सुनसरी र मोरङमा डेगुको संक्रमण फैलिएपछि त्यसको उपचारमा अनियमित रुपमा बढी शुल्क लिइएको गुनासो आएपछि प्रदेश १ सामाजिक विकास मन्त्रालयले यस्तो कदम चालेको हो । सामाजिक विकास मन्त्रालय अन्र्तगत अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका आयुर्वेद चिकित्सक डा. सरोजप्रसाद विशालले सोमबार एक विज्ञप्ति जारी गर्दे डेगुको उपचार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगर स्थित कोशी अस्पतालमा निशुल्क गर्ने ब्यवस्था मिलाइएको पनि जानकारी दिएका  छन् । विज्ञप्तिमा केही निजी क्षेत्रका अस्पतालका साथमा सामाजिक विकास मन्त्री जिवन घिमिरेको अध्यक्षतामा वसेको बैठकले निजी अस्पतालहरुमा डेंगुको उपचार गर्दा आवश्यक पर्ने किटको प्रयोग र दर रेटको हकमा प्रचलित ऐन अनुसार हुनुपर्ने निर्णय गरिएको उल्लेख गरिएको छ ।

केही दिन यता फैलिएको डेंगुको सक्रमणबाट मोरङमा १० जना संक्रमित भएका  छन् भने धरानमा ६ सय बढी संक्रमित भएका छन । डेगुको नियन्त्रणका लागि अहिले विभिन्न कार्यक्रमहरु संचालन गरिएको छ । प्रदेश सरकारले नियन्त्रण टिम खटाई ७ दिनभित्र डेंगु नियन्त्रण लिइसक्न निर्देशन दिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top