२७ असोज ,काठमाडौं ।

नेपालमा डेंगु संक्रमितको संख्या ३७ हजार १३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउनदेखि आजसम्म ३७ हजार १३१ जनामा संक्रमण पुष्टि भएको हो ।सो अवधिमा ४५ जनाको संक्रमणबाट मृत्यु भएको छ । मंगलबार ३३ हजार ९७५ रहेको संक्रमितको संख्या २ दिनपछि ३७ हजार बढी पुगेको हो । मन्त्रालयले देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको जानकारी दिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top