१९ जेष्ठ, एजेन्सी ।
भारतमा भेटिएको कोरोना भाइरसको भेरियन्टको एक स्ट्रेनलाई लिएर मात्रै चिन्ता कायम रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।

भारतमा सबैभन्दा पहिले भेटिएको कोभिड–१९ भेरियन्ट डेल्टा (बी.१.६१७ भेरियन्ट) को एक स्ट्रेनलाई लिएर मात्रै चिन्ता कायम रहेको डब्लुएचओले बताएको हो। अरु दुई स्ट्रेनबाट खतरा कम भएको डब्लुएचओको भनाई छ।

भयावह बनेको दोस्रो लहरका लागि भारतमा भेटिएको बी.१.६१७ भेरियन्ट जिम्मेवार रहेको मानिन्छ। यो ट्रिपल म्यूटेन्ट भेरियन्ट हो।

गएको महिना डब्लुएचओले यो भेरियन्टका सबै स्ट्रेनलाई भेरियन्ट अफ कन्सर्नमा राखेको थियो। तर मंगलबार डब्लुएचओले सो भेरियन्टको एक स्ट्रेनमात्रै चिन्ताको विषय रहेको उल्लेख गरेको हो।

हाल बी.१.६१७.२ स्ट्रेन बढि सक्रिय रहेको र अरु स्ट्रेनको प्रभाव कम हुँदै गएको डब्लुएचओले जनाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top