Nepal Times
Nepal Times
3
Shares

डोटी बस दुर्घटना अपडेटः ज्यान गुमाएकाको सनाखत

डोटी बस दुर्घटना अपडेटः ज्यान गुमाएकाको सनाखत

२८ साउन, डोटी । डोटीमा बस पल्टिँदा मृत्यु भएका ३ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार मृत्यु हुनेमा मंगलसेन–७, अछामकी ५५ वर्षीया धनी शाही , बान्नीगढ जयगढ गाउँपालिका ३ अछामका ६० वर्षीय पदम साउद र चौरपाटी गाउँपालिका वडा नम्बर ४ अछामका ३० वर्षीय टीकाराम विक रहेका छन् ।

भारतबाट आएका यात्रु बोकेर गौरीफन्टा नाकाबाट जिल्ला प्रशासन कार्यालयको सवारी अनुमति लिई अछाम आइरहेको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वचौकी गाउँपालिका वडा नम्बर १ तल्लो फुलोटमा बुधबार बिहान ६ बजे पल्टिएको थियो ।

घाइते भएकामध्ये १० जनाको अवस्था गम्भीर रहेको छ भने १२ जनाको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक बोहराले जानकारी दिए । घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.