×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

११ वैशाख,काठमाण्डौ ।
आइतबार सम्पन्न चितवन २, बारा २ र तनहुँ १ को मतगणना जारी रहेको छ । सुरुवाती मतगणनामा दुई स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । भने एक क्षेत्रमा जनमतले अग्रता लिएको छ । बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पछाडि परेका छन् ।

पछिल्लो मतपरिणमाअनुसार जनमतका शिवचन्द्र कुशवाहले ८९५ मत ल्याएर अग्रता लिएका हुन् । उनलाई जसपाका यादवले ७८७ मत ल्याएर पछ्याइरहेका छन् । एमालेको पुरुषोत्तम पौडेल ५२३ मत ल्याएर तेस्रो स्थानमा छन् । त्यस्तै रास्वपाका रमेश खरेलले २३६ मत पाएका छन् ।

यता चितवन २ को मतगणनामा रास्वपाका रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका १ र ३ को गणनामा ११५५ मतसहित उनले अग्रता बनाएका हुन् । चितवनमा नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६५५ मत ल्याएर रविलाई पछ्याइरहेका छन्।

कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन्। यस्तै तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले दोब्बर मतले अघि छन् । पछिल्लो परिणाम अनुशार २२ वडाको मतगणना सम्पन्न हुँदा १५ हजार ९ सय ५८ मतसहित वाग्ले अघि छन् भने काग्रेसका गोविन्द भट्टराई ९ हजार १ सय २० मत सहित पछ्याइरहेका छन् ।

त्याहा एमालेका सर्वेन्द्र खनालले ५ हजार १ सय ६६ मत प्राप्त गरेका छन् । अहिले तीनै क्षेत्रमा मतगणना जारी छ। यसअघि मंसिरमा तनहुँ १ मा रामचन्द्र पौडेलले २५ हजार ३६१ मत ल्याएका थिए । बारा २ मा रामसहायले १३ हजार ८२२ मत ल्याएका थिए भने चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने ४९ हजार ३०० मत ल्याएर निर्वाचित भएका थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top