२२ मंसिर, कोहलपुर । विद्यार्थी आन्दोलनले उग्र रुप लिंदै गएपछि कोहलपुरमा स्थानीय प्रशासनले दिउँसो ३ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।

एक छात्रालाई ट्रकले किचेको घटनाले उग्र रुप लिदैं गएपछि कोहलपुरमा कर्फ्यु लगाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर वलीले बताए ।कोहलपुरको सुरक्षा ब्यवस्थालाई ख्याल गर्दै कर्फ्यु लगाउने निर्णय गरिएको उनले बताए ।

जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा कर्फ्यु लगाउने निर्णय गरेको हो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top