Nepal Times
Nepal Times
3
Shares

तनावग्रस्त बनेको सुडानको डार्फर क्षेत्र शान्त, जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

तनावग्रस्त बनेको सुडानको डार्फर क्षेत्र शान्त, जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

७ माघ, एजेन्सी ।

जातीय विवादका कारण तनावग्रस्त बनेको सुडानको डार्फर क्षेत्रलाई शान्त पारिएको सुडान सरकारले जनाएको छ । करिब तीन दिन चलेको जातीय हिंसाका कारण कम्तिमा १५५ व्यक्तिको मृत्यु भएको छ भने हजारौँ नागरिक विस्थापित बनेका छन् ।

डार्फरमा दशौं हजार नागरिक विवादपछि त्रासले विस्थापित भएको एक आदिवासी नेता तथा क्षेत्रीय अधिकारी मोहम्मद अबदल्ला अल डुमाले बताए ।

संयुक्त राष्ट्र संघ र अफ्रिकी संघले पठाएको शान्ति सेनाले उक्त स्थान छोडेको लगत्तै भएका घटनापछि उनीहरूलेत्यस क्षेत्रमाण् थप रक्तपात हुने डर बढेको जनाएपछि राजधानी खार्तूमको संक्रमणकालीन सरकारले दुर्गम क्षेत्रमा राष्ट्रिय सेना पठाएको छ ।

पश्चिम डार्फरको राजधानी एल जेनिनामा शनिबार हिंसा भडकिएको र कम्तिमा १०० व्यक्तिको मृत्यु भएको राज्यका गभर्नर अब्दल्ला अल–डुमाले बताउनुभयो । घटनामा १३० भन्दा बढी घाइते भएका उनले बताए ।

पश्चिम डार्फरमा सुरक्षा स्थापनार्थ गर्न खार्तूम र अन्य राज्यहरूबाट सैनिकहरू त्यहाँ आउँदा राज्यव्यापी निषेधाज्ञा लगाइएको छ । उक्त क्षेत्रमा आइतवारदेखि कुनै झडप भएको छैन तर लुटपाटको घटना भएका बताइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.