Nepal Times
Nepal Times
3
Shares

तपाईको आजको राशिफल

तपाईको आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा राम्रै धनलाभ पनि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज रोकिएका काम पूरा हुन सक्छ । धार्मिक क्षेत्रको भ्रमण हुनसक्छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने छ । प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईले सङ्कल्पसिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर पनि जुराउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । लाभदायक यात्रा होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
स्वस्थ्यसम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । अभिभावकको सल्लाहअनुरूप चल्न सके समस्याबाट मुक्त हुन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामूहिक तथा रमाईलो सफल यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । व्यवसायमा सफलता र आर्थिक सहयोग पनि मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनु पर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
महत्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । लक्ष्मी प्रसन्न हुने योग छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । घरमा अतिथीको आगमन हुनेछ । मनखुसी र प्रसन्न पनि रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज स्वादिष्ट भोजनको विशेष अवसर मिल्ने छ । सवारी साधन खरिद गर्ने योग छ । आज पहेंलो रंगको पोहिरनले विभिन्न समस्याबाट जोगाउने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.