×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

तस्करीको सुन तौलिन किन हुँदैछ ढिलाइ ?

११ श्रावण २०८०

११ असार,काठमाण्डौ ।
साउन ३ मा नै झण्डै एक क्विन्टल सुन बरामद भएको भन्ने खबरले सनसनी मच्चाएपनि उक्त सुनको वास्तविक तौल कति हो र मालिक को हुन् भन्ने अझैँ खुल्न सकेको छैन् । सुन प्रकरणमा १७ जना पक्राउ गरेका छन् भने नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा लगेर बरामद भएको उक्त सुन सुरक्षित राखिएको छ ।

“राजश्व अनुसन्धान विभागबाट आएको सुन हामीले सुरक्षित अवस्थामा राखेका छौँ, तौल लिनु भन्ने पत्र आएको छैन, पत्र नआउन्जेल हामीले केही गर्न मिल्दैन,” राष्ट्र बैंकका अधिकारी बताउँछन् । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन महाशाखा टक्सार विभागका निर्देशक थानेश्वर आचार्यले पनि अहिले प्रक्रिया अघि नबढेको बताए ।

राजश्व अनुसन्धान विभागका एक अधिकारीका अनुसार अझै पनि अनुसन्धान बाँकी रहेको र जरोसम्म पुग्नेगरी अनुसन्धान थालिएको छ । रेडी ट्रेडर्सको नाममा आएको ब्रेक शु भित्र लुकाएर ल्याइएको सुन विभागले नियन्त्रणमा लिएको थियो । यही प्रकरणलाई लिएर १७ जना पक्राउ परिसकेका छन् भने अनुसन्धान जारी रहेको विभागले जनाएको छ ।

पक्राउ परेका चिनियाँ नागरिकको बालुवाटारमा रहेको गोदामबाट सुन गाल्ने मेसिन बरामद गरिएको छ । राजस्व अनुसन्धान विभागको टोलीले बालुवाटारस्थित उनको गोदाममा छापा मार्दा सुन गाल्ने मेसिन फेला परेको हो । राजस्व स्रोतका अनुसार उनको गोदाममा फेला परेको मेसिन राष्ट्र बैंकसँग रहेको भन्दा बढी क्षमताको छ।

लिन एक वर्षदेखि नेपालमा कम्पनी खोलेर बसिरहेका छन्। उनले यसअघि पनि तस्करीको सुन भित्र्याएको र त्यही गोदाममा गालेर बेचेको आशंका राजस्वले गरेको छ । उनको नाममा नेपालमा ल्यान्ड एण्ड ओसियन इन्टरनेशनल लजिस्टिक प्राइभेट लिमिटेड सञ्चालनमा थियो ।

‘लिनको गोदाममा सुन गाल्ने मेसिनसहितका सामाग्री बरामद भएका छन्। जुन राष्ट्र बैंकसँग भएको भन्दा ठूलो र बढी क्षमताको छ,’ राजस्व स्रोतले भन्यो, ‘राष्ट्र बैंकले हामीले बरामद गरेको सुन गाल्न एकैदिनमा सक्दैन । तर चिनियाँको मेसिनले छिट्टै गालिसक्ने रहेछ।’

राजस्व विभागको टोलीले विमानस्थलबाट ट्याक्सीमा बाहिर लैजाँदै गरेको अवस्थामा ब्रेक शुभित्र लुकाइएको करिब सय किलो सुन बरामद गरेको थियो। उक्त ट्याक्सीमा लैजाँदै गरेको सामान चिनियाँको गोदाममा लैजान लागिएको बयानपछि राजस्वले गोदाममा छापा मारेको हो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top