×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ताइवानी राष्ट्रपतिको भाषणले स्थिति बिग्रियो,चीनलाई नस्वीकार्ने

२८ आश्विन २०८१

२८ असोज, एजेन्सी ।

टापु राष्ट्र ताइवान क्षेत्रमा फेरि तनाव बढेको छ । चीनले फेरि ताइवानलाई घेरा हालेर आफ्नो सैन्य अभ्यास सुरु गरेको छ । ताइवानका राष्ट्रपतिले आफ्नो सरकारले चिनियाँ नियन्त्रण स्वीकार नगर्ने कडा भाषण दिएलगत्तै चीनले ताइवानको तटमा आजबाट नयाँ सैन्य अभ्यास सुरू गरेको हो ।

यसले सो क्षेत्रमा तनाव बढाएको छ । ताइवानका राष्ट्रपति विलियम लाइले गत साता चीनको नियन्त्रण नस्वीकार्ने भाषण गरेका थिए । बेइजिङले ’स्वर्ड–२०२४ बी’ दिएको यो अभ्यासमा युद्धपोत र लडाकु विमानहरूले भाग लिइरहेका छन् । उक्त अभ्यास टापु वरपर नौ स्थानहरूमा भइरहेको छ ।

ग्लोबल टाइम्सकाअनुसार सोमबार, पीपुल्स लिबरेसन आर्मी (पीएलए) पूर्वी थिएटर कमाण्डले ताइवान स्ट्रेट र उत्तर, दक्षिणका क्षेत्रहरूमा सेना, नौसेना, वायुसेना र रकेट फोर्सका आफ्ना सेनाहरू पठाइरहेको उल्लेख छ ।

’यस अभ्यासले पृथकतावादी कार्यहरूका लागि कडा चेतावनीको रूपमा काम गर्दछ,’ पीएलए पूर्वी थिएटर कमाण्डका प्रवक्ता वरिष्ठ क्याप्टेन ली सीले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा छ। पृथकतावादी कार्यहरूलाई कडा चेतावन दिन र राज्यको सार्वभौमसत्ता र राष्ट्रिय एकताको रक्षाका लागि यो वैध र आवश्यक कार्य भएको प्रवक्ताले बताएको ग्लोबल टाइम्सले लेखेको छ।

ताइवानले २५ विमान, सात नौसैनिक जहाज र चार अन्य जहाज अभ्यासमा रहेको पाएको बताएको छ । चीनको पिपुल्स लिबरेसन आर्मी (पीएलए) ले ताइवान टापु वरपर ९ स्थानमा युद्धाभ्यास भइरहेको जनाएको छ । यसमा ताइवानमाथि आक्रमणको अभ्यास भइरहेको छ ।

चीनको तटीय गार्डले पनि टापुको वरिपरि निरीक्षण गर्न जहाजहरूको फ्लीट पठाएको छ। चिनियाँ सेनाले ताइवान वरपरका नौ क्षेत्रहरू देखाइएको नक्सा प्रकाशित गरेको छ जहाँ अभ्यास हुनेछ। यसले टापुको पूर्वी तटमा दुई साइटहरू, पश्चिम तटमा तीन, उत्तरमा एउटा र चिनियाँ तटको छेउमा ताइवान–नियन्त्रित टापुहरू वरपर तीन साइटहरू चिन्ह लगाएको छ।

ताइवानको रक्षा मन्त्रालयले चिनियाँ अभ्यासको कडा निन्दा गर्दै यसलाई ’अतार्किक र उत्तेजक कार्य’ भनेको छ। सेना पठाइएको पनि उसले जानकारी दिएको छ । चीनले यसअघि पनि ताइवानको वरिपरि ठूलो युद्ध अभ्यास गरेको थियो ।

चीनले उक्त टापु आफ्नो दाबी गर्दै आएको छ । चीनले ताइवान वरिपरिको सैन्य अभ्यासलाई स्वशासित टापुको लागि ’स्वतन्त्रता’ खोज्नेहरू विरुद्ध ’कडा चेतावनी’ भनेको छ । चीनले ताइवानलाई छुट्टिएको प्रान्तको रूपमा हेर्छ, तर टापु आफैंलाई छुट्टै ठान्छ र यसको आफ्नै सरकार र सेना छ ।

गत मे २०मा पनि लाइकोले भाषण गरेलगत्तै, पीएलए पूर्वी थिएटर कमाण्डले ताइवान स्ट्रेट, ताइवान टापुको उत्तर, दक्षिण र पूर्व, साथै किनमेन, मात्सु, टापुहरू वरपरका क्षेत्रहरूमा संयुक्त अभ्यासहरू आयोजना गरेको थियो ।

यसैबीच यता पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा विषाक्त ग्यास चुहावट हुँदा सातजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । ग्यास शनिबार दिउँसो १ः३० बजेबाटै चुहावट भएको शौगुआङ शहरको आपतकालीन व्यवस्थापन ब्यूरोले जनाएको छ ।

घाइतेहरुको अवस्था सामान्य रहेको ब्यूरोले जनाएको छ । साथै, दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top