Nepal Times
Nepal Times
18
Shares

ताप्लेजुङ्गका आगलागी पीडितलाई प्रदेश सरकारको राहत

ताप्लेजुङ्गका आगलागी पीडितलाई प्रदेश सरकारको राहत

२० फागुन, विराटनगर । ताप्लेजुङ्गको मेरिङदेन–३ दोभानका आगलागी पिडितलाई प्रदेश सरकारले राहत सामाग्री उपलब्ध गराएको छ ।

बिहीबार आगलागी बस्तीमा पुगेर प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईले राहत सामाग्री उपलब्ध गराउनुका साथै पिडितलाई थप राहत प्याकेज समेत घोषणा गरेका हुन् ।

आगलागी पिडित परिवारलाई प्रदेश सरकारले प्रति परिवार ५० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले दोभानबस्तीमा पुगेर बताएका हुन् ।

त्यस्तै डेराभाडामा बस्दै आएका परिवारलाई प्रति परिवार ३० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले जानकारी दिए । आगलागी पिडितहरुको अवस्था बुझ्न घटनास्थल पुग्नु भएका मुख्यमन्त्री राईले पिडितहरुको माग अनुसार ग्यास सिलिन्डर, चुलो र प्रेसर कुकर समेत उपलब्ध गराउने जानकारी दिए ।

मुख्यमन्त्री राईले संघीय सरकारसँग समन्वय गरेर पिडित परिवारलाई थप सहयोग गर्न प्रदेश सरकार लागि परेको बताए ।

प्रदेश सरकारका तर्फबाट पिडित परिवारलाई तत्कालका लागि १८ सय केजी चामल, २५० केजी दाल, नुन, तेल लगायतका खाद्यान्न र म्याट्रेस लगायतका सामाग्री मुख्यमन्त्री राईले पिडित परिवारलाई हस्तान्तरण गरे ।

आगलागीमा परी घाइते भएका मेरिङदेन–३ दोभानका भोला पौडेललाई मुख्यमन्त्री राईको टोलीले थप उपचारका लागि काठमाडौं पठाएको छ ।

मुख्यमन्त्री राईका साथमा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्की, प्रदेश सभा सभा सदस्य टंक आङबुहाङ, प्रताप प्रकाश हाङगाम लगायत आगलागी बस्ती पुगेका हुन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.