×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

तिब्बतको भन्सारका कारण न लत्ताकपडा आए नत जुत्ता–चप्पल नै

१६ आश्विन २०७७

१६ असोज, काठमाडौँ ।
करिब एक वर्षदेखि केरुङ नाकामा लत्ता कपडा लगायतका सामान रोकिँदा महाबौद्धका थोक व्यापारीहरु मारमा रहेका छन् । कोभिड—१९ संक्रमणको जोखिमका कारण केरुङ नाकाबाट सहज ढुवानी नहुँदा एक वर्षदेखि लत्ता कपडा लगायतका सामान रोकिएका छन् । दशै नजिकिँदै गर्दा पनि पसलमा नयाँ सामान थप्न नपाउँदा त्यहाँका व्यापारीहरु चिन्तित बनेका छन् ।

संक्रमण न्यूनीकरणका लागि जारी भएको लक डाउनका कारण उपत्यकाका खुद्रा व्यापारी समेत विस्थापित भएपछि थोक विक्रेताहरुको व्यवसाय धरासायी बन्ने अवस्थामा पुगेको छ । उपत्यकाका खुद्रा व्यपारी पनि नआएको र बाहिरबाट पनि नियमित रुपमा बस सञ्चालन नहुँदा व्यवस्या सञ्चालनमा समस्या देखिएको व्यवसायीहरुको भनाई छ ।

गत वर्षको मंसिरमा काठमाडौं आइपुग्नुपर्ने सामान अहिलेसम्म केरुङ नाकामै रोकिँदा व्यवसायीहरुमा थप चिन्ता छाएको छ । बैंकको ऋण किस्ता र व्याज तिर्न सक्ने अवस्था समेत नरहेको उनीहरुको भनाई छ । अहिले स्थानीय व्यापारमा ८० प्रतिशतसम्म कटौती भएको र उपत्यका बाहिरको व्यापारमा ६० प्रतिशत कमि आएको महाबौद्धका व्यापारीहरुको भनाई छ । दशै अगाडि केरुङ नाकाबाट सामान आउन सक्ने अवस्था नभएकाले पूरानो स्टक भएसम्म व्यवसाय सञ्चालन गर्न सकिने अवस्था रहेको छ । पछिल्लो समय प्रतिदिन ५ वटा कन्टेनर नेपाल आउने गरेको भएपनि लत्ता कपडा लगायत कस्मेटिक सामान बोकेका कन्टेनरहरुले भने पालो पाउने नगरेको उनीहरुको भनाई छ ।

व्यवसायीहरुका अनुसार गत पुसमा परेको हिउँ र त्यसपछि कोभिड महामारीलाई देखाएर तिब्बतको भन्सारले सामान क्लियर नगर्दा यस्तो अवस्था आएको हो । बीच बाटोमै रोकिएका एक हजारभन्दा बढी कन्टेनरमा लत्ताकपडा, कम्प्युटर, फर्निचर, कच्चा पदार्थ, खाद्यान्न, इलेक्ट्रोनिक्स सामान, रेडिमेड गार्मेन्ट, जुत्ता–चप्पल लगायत अर्बौं रूपैयाँका सामान छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top