×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

तीन पूर्व प्रधानमन्त्री र दुई पूर्व मन्त्रीको सम्पत्तिमाथि छानबिन सुरु

१ कार्तिक २०८२

३१ असोज , काठमाण्डौ ।

भ्रष्टाचार निवारण र शुसानको प्रमुख जिम्मेवारी पाएको जेनजी सरकारले ३६ वर्ष सम्म यो देशको शासन सत्ता समालेका प्रमुख दलका प्रमुख नेताहरूको सम्पत्तिको स्रोतका बारेमा औपचारिक छानबिन सुरु गरेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शीर्ष राजनीतिक नेताहरूको सम्पत्ति स्रोतबारे औपचारिक छानबिन थालेको हो । विभागले तीन जना पूर्व प्रधानमन्त्री र दुई जना पूर्व मन्त्रीसहित उनीहरूका परिवारका सदस्य र नातागोताको चल–अचल सम्पत्ति, बैङ्क कारोबार र लगानी विवरण सङ्कलन गर्न विभिन्न सरकारी निकायमा पत्राचार गरेको छ।

सार्वजनिक ओहदा दुरुपयोग गरी गैर कानुनी रूपमा आर्जन गरेको आशङ्कामा विभागले पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा पूर्व मन्त्रीहरू आरजु राणा देउवा र दीपक खड्काको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको हो ।

छानबिनको दायरामा देउवा पुत्र जयवीरसिंह पनि परेका छन् । नेपालमा पछिल्ला वर्षहरूमा ‘गैर कानुनी सम्पत्ति’ र ‘अवैध धन’ को चर्चा निकै तीव्र हुँदै आएको छ। उच्च तहका राजनीतिज्ञदेखि व्यापारीसम्म माथि अकस्मात् सम्पत्ति वृद्धि भएको आरोप लाग्ने गर्छ ।

यसैको नियन्त्रण तथा कारबाही गर्ने काम सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग गर्छ । यतिका वर्ष सम्म देशका ठुला नेताहरूमाथि समेत अनुसन्धान गर्न नसकेको आयोगले जेनजी सरकार आए सँगै पहिलो पल्ट यो हिम्मत देखाएको छ ।

राष्ट्र बैङ्क, कम्पनी रजिस्ट्रार कार्यालय, धितो पत्र बोर्ड र भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई पठाइएको पत्रअनुसार सम्बन्धित व्यक्तिहरूका बैङ्क खाता, कम्पनी स्वामित्व, सेयर कारोबार र जग्गा–जमिनसम्बन्धी सम्पूर्ण विवरण माग गरिएको हो ।

विभागका अनुसार तीन पुस्तासम्मका नातागोतालाई समेत अनुसन्धानको दायरामा समावेश गरिएको छ। भूमि व्यवस्थापन विभागले यस सम्बन्धमा ७७ वटै जिल्लाका मालपोत कार्यालयलाई विवरण सङ्कलनका लागि निर्देशन दिइसकेको छ।

बैङ्क तथा वित्तीय संस्थाहरूलाई खातामा भएका जम्मा, निकासी, गरगहना र अन्य बैङ्किङ कारोबारका विवरण पेस गर्न भनिएको छ। प्रहरी निकायसँग पनि केही प्रमाणिक सामग्रीको फरेन्सिक परीक्षण रिपोर्ट मागिएको छ।

गत भदौ २४ मा प्रदर्शनकारीहरूले केही शीर्ष नेताहरूका घरमा आगजनी गर्दा भेटिएका जलेका नोटका टुक्रा र खरानीको परीक्षण नतिजा मागिएको स्रोतले जनाएको छ।

विभागका अनुसार अनुसन्धानको पहिलो चरणमा सम्पत्ति र कारोबारको कागजात सङ्कलन हुनेछ भने दोस्रो चरणमा लाभ उठाउने सम्भावित सम्बन्धित व्यक्तिहरूसँग बयान लिने तयारी भइरहेको छ।

लामो समयदेखि सत्ता र नीति निर्माणमा सशक्त भूमिका खेलेका यी नेताहरू विरुद्ध यस किसिमको अनुसन्धान अघि बढ्नु पहिलो पटक भएको बताइन्छ। विगतमा सार्वजनिक पदको दुरुपयोग, नियुक्ति र ठेक्कापट्टा सम्बन्धी विवादहरूमा नाम जोडिए पनि कारबाहीका प्रक्रिया समेत सुरु सम्म हुने गरेका थिएनन् । ।

हालको अन्तरिम सरकारले यो मुद्दालाई प्राथमिकता दिएको बुझिन्छ। यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको विभागलाई अर्थ मन्त्रालय अन्तर्गत ल्याइएसँगै अनुसन्धान गतिशील बनेको छ।

विश्लेषकहरूका अनुसार, विगतका वर्षहरूमा वाइडबडी जहाज खरिददेखि ललिता निवास, पतञ्जलि जग्गा, गिरीबन्धु टी–इस्टेट, सहकारी ठगी, सुन तस्करी, ओम्नी औषधि खरिद, मेलम्ची आयोजना र भुटानी शरणार्थी प्रकरणसम्मका दर्जनौँ मुद्दाहरूमा राजनीतिक प्रभावले निष्पक्ष छानबिन हुन सकेको थिएन।

त्यसकै प्रतिक्रियाका रूपमा जेन–जी आन्दोलनपछि बनेको नयाँ राजनीतिक वातावरणले उच्च तहसम्म अनुसन्धान सम्भव बनाएको हो। विभागले सङ्कलन गरिरहेका तथ्याङ्कका आधारमा दोस्रो चरणमा विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top