×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

तीन बालिकाको संरक्षकत्व ग्रहण

२६ श्रावण २०७७

२६ साउन, काठमाडौँ ।
प्रधानमन्त्री पत्नी श्रीमती राधिका शाक्यले अभिभावक गुमाएका तीन बालिकाको संरक्षकत्व लिएकी छिन् । आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा शाक्यले अभिभावकविहीन तीन जना बालिकाको संरक्षकत्व लिएकी हुन् ।

घरायसी झगडामा आमाको मत्यु र बुबा जेल परेपछि अभिभावकविहीन भएका दक्षिणकालीका तीन बालिकाका बारेमा सञ्चार माध्यमबाट जानकारी प्राप्त भएपछि श्रीमती शाक्यले उद्धारको पहल गरेकी थिइन् । बन्दाबन्दीका कारण करिब चार महिना खोजतलास केन्द्रको संरक्षण गृहमा रहेका थिए । तीन बालिकालाई आइतबारै एसओएस बालग्राममा रहने गरी पठाइएको छ ।

सो कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको सेवा नै समाज र राष्ट्रको पनि सेवा भएको बताए । उनले नेपालको संविधान बालबालिकाको हितमा रहेको र सोहीअनुसार सरकारले काम गरिरहेको चर्चा गर्दैै बालबालिका भविष्यका कर्णधार मात्र होइन वर्तमानको हकदार भएको बताए ।

प्रधानमन्त्री ओलीले अभिभावकविहीन भएर बालबालिकाले सडकमा बस्नुपर्ने दिनको अन्त्य गर्न सरकारले हर तरहले प्रयत्न गरिरहेको स्पष्ट पारे । उनले भने–“घरवार र अभिभावकविहीन भएर सडकमा मागेर अब खानुपर्दैन । सडकमा रात बिताउनु पर्ने, मागेर खानुपर्ने दिनको अन्त्य गरिने छ ।”

बालबालिकालाई राज्य, समाज र परिवारले उचित अवसर दिएमा देशको भविष्य चम्काउने विश्वास समेत उनले व्यक्त गरे । समाज र राष्ट्रका लागि राम्रो काम गर्दा खुट्टा तान्ने, असहयोग गर्ने, बाधा हाल्ने काम हुन्छ तर त्यसबाट हतोत्साही नभई सेवाका कार्यमा निरन्तर लाग्नुपर्ने बताउँदै उनले भने “समाजसेवाबाट सन्तुष्टि प्राप्त हुन्छ । त्यसैले यो त्यति सजिलो पनि छैन । धेरै बिध्नबाधा खेप्नुपर्छ ।”

सोही अवसरमा शाक्यले गोरखापत्र दैनिकमा आइतबार प्रकाशित ‘अभिभावक नहुँदा बिचल्ली’ समाचारप्रति आफ्नो गम्भीर ध्यान गएको बताइन् । सो समाचार पढेपछि मन विचलित भएकाले डोटी जिल्लाका सांसदलाई फोन गरेर अभिभावक गुमाएका ती तीन बालबालिकाको शिक्षा, स्वास्थ्य र बसोबासको व्यवस्थाका लागि पहल थालेको शाक्यले जानकारी दिइन् ।

दक्षिणकालीका तीन बालिकाको उद्धारमा संलग्न बाग्मती प्रदेश सभा सदस्य दीपक निरौलाले एसओएस बालग्रामको निरीक्षणपछि अभिभावकविहीन ती बालिकालाई सोही ठाउँमा पठाउने पहल थालिएको जानकारी दिए । कार्यक्रममा एसओएस बालग्रामका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्मा, राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेललगायतको उपस्थिति थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top