Nepal Times
Nepal Times
3
Shares

तीन महिनाभित्रै सबै नेपालीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेः प्रधानमन्त्री

तीन महिनाभित्रै सबै नेपालीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेः प्रधानमन्त्री

१४ माघ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको लडाइँ नयाँ चरणमा प्रवेश गरेको बताएका छन् ।

बुधबार बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ओलीले सुरुवाती समयभन्दा खोपपछि कोरोनाविरुद्धको लडाइँमाथि उठाएको बताए ।

उनले कोरोना महामारीमा खटिएका सबैको प्रशंसासमेत गरे । यस्तै उनले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका छन् । सबैलाई निःशुल्क खोप उपलब्ध गराउने उनले बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं । मेरो विचारमा तीन महिना लाग्न सक्छजस्तो लाग्छ ।’ कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई खोप लगाउन सुरु गरिएको छ । नेपालले कोरोनाविरुद्ध कोभिशिल्ड खोप प्रयोगमा ल्याएको हो । कोभिशिल्ड खोपको १० लाख डोज भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.