Nepal Times
Nepal Times
3
Shares

तीर्थयात्रा गएका १४ नेपाली भारतको आन्द्रप्रदेशमा अलपत्र

तीर्थयात्रा गएका १४ नेपाली भारतको आन्द्रप्रदेशमा अलपत्र

१३ चैत, मोरङ । तीर्थ यात्राका लागि निस्किएका १४ नेपाली भारतको आन्द्र प्रदेशमा अलपत्र परेका छन् । पाँचथर फालेलुङ १ का ३ जनासहित झापा र मोरङ जिल्लाबाट चारधाम यात्राका लागि त्यहाँ पुगेका नेपाली लकडाउनका कारण अलपत्र परेका हुन् ।

लकडाउनका कारण त्यहाँ यातायात चलेका छैनन् । किनेर खाने ठाउँ समेत नभएका कारण साता दिन देखी सडकमै रात कटाइरहेको यात्रामा रहेका झापा सुरुङगाका राजन अधिकारीले बताएका छन् ।अहिले दक्षिणी भारतको चेन्याइ भन्दा ६० किलोमिटर टाढा सडकमा रहेको उनले बताएका छन् । कोरोना संक्रमण संगै भारतमा २१ दिने लाकडाउन सुरु भएपछि यातायातका साधन बन्द भएका छन् ।

सडकमा रुँगेर बसेको भने पनि यातायात नचल्दा आफुहरु अलपत्र अवस्थामा रहेको टोलीमा रहेका मोरङका गोबिन्द पोखरेलले बताए । उनीहरुले स्थानीयले बास दिन नमानिरहेको समेत बताएका छन् ।सडकमा पार्क गरेर राखेका सवारीमा रात बिताउनुपरेको टेलिफोन सम्पर्कमा अधिकारीले बताएका छन् । चार दिन यता आफुले बोकेको खाना र पानी समेत सकिएपछि उनीहरुको बिचल्ली भएको छ ।

स्थानीय प्रहरीले आफै सुरक्षित स्थान खोजेर बस्न भनेको भए पनि त्यस्तो अवस्था नभएको उनीहरुको भनाइ छ । यस अघि तीर्थ यात्रामा लैजाने ट्राभल एजेन्सी संग सम्पर्क गर्दा भारत पुरै बन्द भएका कारण हाललाई आफुहरुले केही गर्न नसक्ने जवाफ दिएको उनीहरुले बताए ।

फागुन २१ मा भारतको सिलिगुडीबाट दक्षिण भारत पुगेका उनीहरुको ११ चैत्रको सिलिगुडी आउने रेलको टिकट तय भएको थियो । बिचमा लक डाउन सुरु भएपछि उनीहरु अलपत्र परेका हुन् । टोलीमा अधिकांस बृद्धाअवस्थाका नागरिक रहेका कारण पनि धेरै समस्या हुन सक्ने उनीहरुको चिन्ता छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.