Nepal Times
Nepal Times
3
Shares

तेस्रो ‘नेपाल युवा वैज्ञानिक शिखर सम्मेलन’ काठमाडौँमा सम्पन्न

तेस्रो ‘नेपाल युवा वैज्ञानिक शिखर सम्मेलन’ काठमाडौँमा सम्पन्न

९ असार, काठमाडौँ ।
‘तेस्रो नेपाल युवा शिखर सम्मेलन’ काठमाडौँमा सम्पन्न भएको छ । देशैभरी बाट ३५ वर्ष मुनिका युवा बैज्ञानिकहरूको सहभागीता रहेको सो सम्मेलन काठमाडौँको कुपण्डोल स्थित पाटन कलेज फर प्रोफेशनल स्टडीजमा आईतबार सम्पन्न भएको हो ।

ब्रेनी क्यूब रिसर्च ओरगनाईजेसनको आयोजनामा भएको दुई दिने शिखर सम्मेलनमा युवा बैज्ञानिकद्धारा जीवशास्त्र, इञ्जिनियरिङ र भौतिक शास्त्रसँग सम्बन्धित विभिन्न किसिमका नयाँ अविष्कार गरेको प्रोजेक्टहरू प्रस्तुतिकरण गरिएको कार्यक्रम संयोजक इञ्जिनियर आकाश देवले जानकारी दिए ।

सम्मेलन नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयका आईटी विभागका निर्देशक डाक्टर बिरेन्द्र कुमार मिश्राको प्रमुख आतिथ्यतामा असार ७ र ८ गते भएको थिए । कार्यक्रममा अमेरिका, मलेसिया, भारत गरी ४५ जना वैज्ञानिकहरूको सहभागिता थियो ।

बैज्ञानिकहरुले प्रतिपादन गरेका शोधपत्रहरूमा उच्च माध्यमिक स्तर तर्फ प्रथम, द्वित्तीय र तृतीय पुरुस्कार क्रमशः सफल श्रेष्ठ ,ऋषि गुप्ता र नीरज अधिकारी प्राप्त गरेका छन् भने विश्वविद्यालय स्तरमा मोइज खान र सुशान्त सापकोटा गोल्ड मेडलिस्ट भएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.