कृष्ण विदुखी गौतम
तेह्रथुम, फागुन २२
तेह्रथुमको लालीगुराँस नगरपालिका ८ सोल्मामा मंगलबार दिउँसो आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् ।

सामुदायिक वनमा लागेको आगो बस्तीमा फैलिँदा गोविन्द अधिकारी, लक्ष्मी अधिकारी, नेत्रप्रसाद अधिकारी, एकराज तिम्सिना, गुरुप्रसाद लुईटेल र लोकनाथ न्यौपानेको घर जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए ।

आगो प्रहरी र स्थानीयवासीले तीन घण्टापछि नियन्त्रणमा लिएका थिए । आगलागीबाट भएको क्षतिको विवरण एकिन भएको छैन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top