Nepal Times
Nepal Times
3
Shares

तेह्रथुममा आगोले जलेर एक बृद्धाको मृत्यु

तेह्रथुममा आगोले जलेर एक बृद्धाको मृत्यु

३० चैत, तेह्रथुम । तेह्रथुम म्याङलुङ नगरपालिका ३ नागदह बस्ने ७२ बर्षीया फुलमाया ढुंगानाको आगोले जलेर मृत्यु भएको छ ।

आज बिहान साढे ९ बजे उनी घरदेखि नजिक आफ्नै बारीमा सुकेका झ्यास, झिक्रा डढाउने क्रममा सो आगो नजिकै रहेको बासझ्याङमा पुगेको थियो ।

बासझ्याङमा आगो सल्किएको थाहा पाई स्थानीय किशोर प्रसाद सिग्देल र फुलमायाकी जेठ्ठी बुहारी आई निभाउने गएका थिए ।

आगो निभाउने क्रममा सोही बासझ्याङमा खोल्सी परेको स्थानमा फुलमायाको शरिरको पुर्णरुपमा कपडा जलेर उनको शरिर पनि जलेर मृत्यु भएको थियो ।

उनको शव मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.