Nepal Times
Nepal Times
3
Shares

त्रिकेणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा

त्रिकेणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा

१ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । छनोट भएको टोलीमा कप्तान मल्लसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने थिए । त्यसैगरी अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी र शाहब आलम पनि टोलीमा परेका छन् । नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज वैशाख ४ देखि ११ गतेसम्म खेल्नेछ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा डबल राउण्ड रोबिनको आधारमा सिरिजको शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.