Nepal Times
Nepal Times
3
Shares

त्रिदेशीय सिरिजमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै

त्रिदेशीय सिरिजमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै

६ बैशाख, काठमाडौ । त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा एक बजे सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको छ भने मलेसिया हिजो नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको छ ।

अहिलेसम्म नेपाल र मलेसियाबीच चार वटा टी–ट्वान्टी र चार टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल भएको छ ।

जसमा नेपालले तीन टी–ट्वान्टी र तीन टी–ट्वान्टी अन्तर्राष्ट्रियमा जित निकालेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.