×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक २०८१

२० कार्तिक , काठमाण्डौ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने भएको बताइएको छ ।

यसका कारण कात्तिक २३ गतेदेखि यो विमानस्थलमा करिब ३० प्रतिशत अन्तर्राष्ट्रिय उडान कटौती हुने भएको छ । हिउँदे सिजनमा एकतिहाइ उडान कटौती गरिएको हो । विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिब ५ महिना लाग्ने हुँदा कार्तिकमा नै काम गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ ।

गर्मी याममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए ।

महानिर्देशक इन्जिनियर अधिकारीले रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउने काम गर्न लागिएको बताए । सो कामको योजना करिब ८ महिना अघिदेखिकै भएकाले यसलाई भैरहवा अन्तर्राष्ट्रिय राष्ट्रिय विमानस्थलको उडानसँग जोडेर नहेर्न पनि उनले आग्रह गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि सुरु गर्न लागिएको सो काम विशुद्ध व्यावसायिक भएकाले यसलाई कुनैपनि खालको रणनीति वा राजनीतिक नभएको महानिर्देशक अधिकारीको स्पष्टीकरण दिए ।

उनले धावनमार्गको स्तरोन्नतिको काममा सबै क्षेत्रका वायुसेवा प्रदायक संस्थाबाट सहमति लिइएको बताए । हिउँद महिनामा कम उडान हुने भएकाले पनि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको कामलाई अघि बढाउन लागिएको पनि प्राधिकरणले जनाएको छ ।

महानिर्देशक अधिकारीले चालु आर्थिक वर्षको अनुमानित आयमा करिब २ अर्ब नोक्सान पर्ने भएपनि विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि सो काम सुरु गर्नुपरेको उल्लेख गरे । समानान्तर ट्याक्सी वे निर्माण भएपछि अहिले जस्तो धावनमार्गबाट नै एप्रोनमा जानुपर्ने बाध्यता हट्ने महानिर्देशक अधिकारीले स्पष्ट पारे ।

ट्याक्सी वे निर्माण पछि विमानस्थलको कार्य क्षमता २५ प्रतिशतले बढेर जाने महानिर्देशक अधिकारीले बताए । प्राधिकरणले सो स्तरोन्नतिको कामले बाह्य उडान मात्रै नभएर आन्तरिक उडानमा पनि ३० प्रतिशत कटौती हुने बताएको छ ।

महानिर्देशक अधिकारीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सस्तोको टिकटको व्यवस्था गरेको पनि स्मरण गराए । उनले सो अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि करिब ३ वटा अन्तर्राष्ट्रिय वायु यानले उडान भर्ने प्रतिबद्धता जनाएको पनि जानकारी दिए ।

सरकारले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल उडान सञ्चालनका लागि त्यसको टिकट दर सस्तो उपलब्ध गराउने निर्णय गरिसकेको छ । यसबीच स्तरोन्नतिका कारण त्रिभुवन विमानस्थलमा सातमा दुई सय ९५ उडान कटौती भएका छन् ।

सातामा चार सय १० अन्तर्राष्ट्रिय उडान भइरहेकामा २३ कात्तिकदेखि दुई सय ८७ उडान मात्रै हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । यस्तै, त्रिभुवन विमानस्थलबाट हुने ३५ प्रतिशत आन्तरिक उडान पनि कटौती भएको उनको भनाइ छ ।

अहिले दैनिक २१ घण्टा उडान हुँदै आएको त्रिभुवन विमानस्थलमा स्तरोन्नतिको काम सुरु भएपछि १४ घण्टा मात्र उडान हुनेछ । पाँच महिना त्रिभुवन विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुने तालिका सार्वजनिक भइसकेको छ ।

विमानस्थलमा उडान आवर घटेका कारण वायुसेवा कम्पनीका उडान कटौती गर्नुपरेको भुलले बताए । दैनिक तीन–चार उडान गर्ने वायुसेवा कम्पनीहरूको ५० प्रतिशत उडान कटौती गरी विन्टर सेड्युल स्वीकृत गरिएको छ ।

क्यानले आधा उडानहरू भैरहवा र पोखराबाट गर्ने गरी ‘विन्टर सेड्युल’ पेस गर्न भनेको थियो । यसका लागि राज्यले ल्यान्डिङ, पार्किङ, नेभिगेसन, ग्राउन्ड ह्यान्डलिङङेखि यात्रुसेवा शुल्क छुटसम्म विशेष सहुलियत दिएको थियो ।

तर, अन्तर्राष्ट्रिय वायुसेवा आधा उडान कटौती गर्न तयार भए, भैरहवा र पोखरामा उडान गर्न तयार देखिएनन । २८ मध्ये तीनवटा वायुसेवा कम्पनीले मात्रै भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्न तयार देखिए ।

थाई एयर एसियाले १८ कात्तिकदेखि बैंकक–भैरहवा उडान सुरु गरिसकेको छ । कुवेतको जजिरा एयरवेज र फ्लाई दुबईले २४ कात्तिकदेखि भैरहवामा उडान सुरु गर्दै छन । जजिराको सातामा तीन र फ्लाई दुबईको दैनिक एउटा उडानतालिका स्वीकृत भएको छ ।

त्रिभुवन विमानस्थलमा दैनिक चारवटा उडान गर्नेको दुईवटा, दैनिक तीनवटा गर्नेको एक वा दुईवटा, दैनिक दुई उडान गर्नेको एक उडान कटौती भएका छन । दैनिक एक वा सातामा तीन–चारवटा उडान गर्ने वायुसेवाका पनि उडान कटौती भएका छन ।

भैरहवा उडान गर्न तयार नभएपछि थाई एयर एसियाले काठमाडौंमा विन्टर सेड्युल नै पाएको थिएन । १८ गतेदेखि भैरहवामा सातामा दुई उडान गर्ने भएपछि काठमाडौंमा साबिककै सातामा चार उडान स्वीकृत भएका छन ।

एयर अरेबियाका दैनिक चारमध्ये दुई उडान कटौती भएका छन । एयर अरेबियाले सारजहाँ–काठमाडौं दैनिक तीन र आबुधाबी–काठमाडौं दैनिक एक उडान गर्दै आएको थियो । कटौतीपछि सारजहाँ–काठमाडौं दैनिक एक उडान मात्र गर्न स्वीकृति पाएको छ ।

एयर इन्डियाको नयाँदिल्ली–काठमाडौं दैनिक तीन उडानमध्ये एउटा कटौती भएको छ । बाटिक एयरको क्वालालम्पुर–काठमाडौं उडान कटौती भएर दैनिक एउटामा सीमित भएको छ । चाइना साउर्दनको ग्वाङझाओ–काठमाडौं दैनिक दुईमध्ये एउटा कटौतीमा परेको छ ।

फ्लाई दुबईले दुबई–काठमाडौं दैनिक चारवटा उडान गर्दै आएको थियो । भैरहवामा दैनिक एउटा उडान गर्ने भएपछि त्रिभुवन विमानस्थलमा उडान कटौती नगरी दुबई–काठमाडौं दैनिक तीन उडान स्वीकृत गरिएको छ ।

हिमालय एयरलाइन्सको क्वालालम्पुर–काठमाडौं दैनिक दुईमध्ये एक, काठमाडौं–बेइजिङ सातामा तीनमध्ये एक, काठमाडौं–किङ्दाओ सातामा तीनमध्ये एक उडान मात्र स्वीकृत भएका छन ।

हिमालयले यसअघि उडान नगर्ने आबुधाबी, कुवेत, चाङ्सा र सांघाई उडान गर्न स्वीकृति पाएको छ । इन्डिगोका दिल्ली–काठमाडौं दैनिक तीनमध्ये एउटा मात्र उडान स्वीकृति पाएको छ । जजिराको दैनिक एकमध्ये अब सातामा तीन उडान मात्र गर्ने भएको छ ।

कुवेतको सातामा पाँचमध्ये तीन उडान मात्र स्वीकृत भएका छन् भने नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली दैनिक दुईमध्ये एउटा गर्न पाउनेछ । एउटा वाइडबडी सि–चेकका लागि इटाली लगेर थन्क्याइएपछि निगमले यसअघि नै काठमाडौं–दिल्ली दैनिक एक मात्र उडान गर्दै आएको छ ।

यस्तै, कतार एयरका दैनिक चारमध्ये दुई उडान कटौती हुँदा थाई एयरवेजका दैनिक दुईमध्ये एक उडान कटौती गरिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top