Nepal Times
Nepal Times
3
Shares

त्रिभुवन आर्मी र मनाङ–मर्स्याङ्दिबीच आज प्रतिस्पर्धा हुँदै

त्रिभुवन आर्मी र मनाङ–मर्स्याङ्दिबीच आज प्रतिस्पर्धा हुँदै

२९ फागुन, पोखरा । पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा घरेलु फुटबलका दुई परिचित क्लब त्रिभुवन आर्मी क्लब र नेपाल आयल निगम मनाङ–मर्स्याङ्दि क्लबबीच आज प्रतिस्पर्धा हुँदैछ ।

लिगपछि मोफसल यात्रामा रहेको दुई टोली पहिलोपटक आमने सामने हुन लागेका हुन् । खेल पोखरा रंगशालामा दिउँसो ३ बजेपछि हुनेछ । ‘ए’ डिभिजन क्लब संकटालाई ३–० ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको आर्मी युवा खेलाडीले भरिएको मनाङलाई पराजित गर्दै लगातार दोस्रोपटक फाइनल पुग्ने दाँउमा हुनेछ ।

आर्मी अघिल्लो वर्ष फाइनलमा रुस्लान थ्री स्टारसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै उपाधि विमुख बनेको थियो । पहिलो रोजाईका गोलरक्षक विकेश कुथुविनाको आर्मीको पोस्ट विवश चौधरीले सम्हाल्नेछन् ।

रक्षापङ्तिमा विकास खवास, सुमन अर्याल, विकास तामाङ र दीपक गुरुङ हुनेछन् । मिडफिल्डमा सन्तोष तामाङ र सेसेहाङ आङदेम्बे रहँदा अग्रपङ्तिमा कप्तान भरत खवाससँगै नवयुग श्रेष्ठ, जर्ज्प्रिन्स कार्की र सुदिल राई रहनेछन् । उनीहरु विपक्षी टोलीविरुद्ध टाउको दुखाई बन्न सक्छन् ।

दुवै टोलीमा स्तरीय खेलाडी रहेका कारण खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । यि दुई टोलीबीचको विजेताले शनिबार फाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । गोल्डकपको विजेताले १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ हात पार्नेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.