×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

त्रिभुवन विमानस्थलबाट हुने ४० प्रतिशत उडान कटौती, कारण के हो ?

११ भाद्र २०८१

११ भदौ , काठमाण्डौ ।

सरकारले अर्बाै रुपमा ऋण लगानी गरेर दुई वटा अन्तराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गरेको छ । तर ती विमानस्थलबाट अन्तराष्ट्रिय उडान हुन् सकेका छैनन् । ती विमानस्थलबाट उडान भर्न सरकारले विभिन्न सुविधासहित निर्देशनात्मक निर्णय समेत गरेको छ। अब भने आगामी असोज ११ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट हुने ४० प्रतिशत उडान अनिवार्य बाहिरी विमानस्थलबाट गर्नुपर्ने भएको छ ।

आगामी असोज ११ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट हुने ४० प्रतिशत उडान बाहिरी विमानस्थलबाट गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आइतबार आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरुलाई परिपत्र गर्दै काठमाडौं बाहिर ४० प्रतिशत उडान गर्न परिपत्र गरेको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार ११ असोज (२७ सेप्टेम्बर)बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे मर्मतका कारण विमानस्थल राती १० बजेदेखि विहान ८ बजेसम्म बन्द हुने छ । यो समयमा काठमाडौं विमानस्थलबाट हुने कम्पनीमा ३३ प्रतिशत उडान कटौती गर्नुपर्ने भएको छ ।

त्यसका लागि यो विमानस्थलबाट उडान गर्ने सबै वायुसेवालाई पत्राचार गरेर ४० प्रतिशत उडान रिसेड्युल गर्न अनुरोध गरेको छौं । काठमाडौंमा कटौती गर्नुपर्ने उडानमध्ये पोखरा र भैरहवाबाट गर्न आग्रसहित पत्राचार गरेको भुलले बताए । उनले भने ‘उक्त समयमा धावनमार्ग अवरुद्ध हुने भएकोले सञ्चालन समय समेत घट्ने छ ।

त्यो समयमा काठमाडौंबाट हुन नसक्ने उडानमध्ये कम्तिमा १० प्रतिशत पोखरा र २० प्रतिशत भैरहवाबाट गर्ने गरी उडान व्यवस्थापनको तालिका मिलाउन पनि सम्बन्धित वायुसेवालाई प्राधिकरणले पत्रचार गरेको छ । हाल २१ घण्टासम्म सञ्चालन हुने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान १० घण्टासम्म बन्द गर्नुपर्ने भएको छ ।

यो भनेको हालको उडान संख्याको ६६ प्रतिशत काठमाडौंबाट हुन सक्छ भने ३३ प्रतिशत बाहिरबाटै गर्नुपर्न हुन्छ । धावनमार्ग बन्द हुँदा ४ वटा उडान तालिका भएका वायुसेवाले २ वटा काठमाडौं बाहिरबाटगर्नुर्ने हुन्छ । प्राधिकरणका अनुसार अब ११ असोजदेखि कम्तिमा ५ महिना काठमाडौंबाट हुने उडान अवतरणको लागि सम्बन्धित वायुसेवाले रिसेड्युल गर्नुपर्छ ।

यो अवधिमा काठमाडौंबाट हुने चार्टर र हाल नियमित उडान गरिरहेका वायुसेवाको लागि अतिरिक्त उडानसमेत बन्द हुने छ । प्राधिकरणले काठमाडौं विमानस्थलको चाप घटाउन र पोखरा तथा भैरहवा विमानस्थल सञ्चालन गर्न काठमाडौं बाहिर उडान गराउनैपर्ने बाध्यात्मक अवस्था आएकोले उडानमा सहजीकरण गर्न खोजेको हो ।

यो बाध्यात्मक उडानसँगै प्राधिकरणले पोखरा र भैरहवाबाट हुने उडानमा शतप्रतिशत छुट दिएर उडान गराएर ती दुबै विमानस्थसमेत सञ्चालन गर्ने रणनीति बनाउने भएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top