×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

त्रैमासिक र अर्धवार्षिक परीक्षाको आधारमा वार्षिक नतिजा

१९ जेष्ठ २०७८

१९ जेठ, जाजरकोट ।

कोरोना भाइरसको दोस्रो भेरियन्ट शुरु हुनुभन्दा अघिसम्म सबै स्थानीय तहमा नियमित पठनपाठन भएको थियो । जिल्लाका सबै स्थानीय तहका अधिकांश विद्यालयले करिब ८० प्रतिशत पाठ पढाएको बताएका छन ।

नलगाड नगरपालिकाले शैक्षिक सत्र २०७७ मा सञ्चालित त्रैमासिक र अर्धवार्षिक परीक्षाको नतिजा तथा निरन्तर विद्यार्थी मूल्याङ्कनका आधारमा नतिजा तयार पारी सार्वजनिक गर्न मातहतका विद्यालयलाई भनेको छ ।

नगरका सामुदायिक तथा संस्थागत विद्यालयलाई शैक्षिक सत्र २०७७ को नतिजा तयार पारी प्रकाशन गर्न भनिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए ।

उनका अनुसार कक्षा ५ र ८ को नतिजा तयार पारी जेठ २० गतेभित्र नगरपालिकामा बुझाउन निर्देशन दिइएको छ । जेठ २५ गतेभित्र कक्षा १, २, ३, ४, ६, ७ र ९ को पनि नतिजा तयार पारी विद्यालयमा टाँस्न भनिएको उनले बताए  । शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार नगरपालिकामा झण्डै ८५ देखि ९० प्रतिशत पढाइ पूरा भएको छ ।

“अब पुरानै शैक्षिक सत्रको पठनपाठन सम्भव छैन”, उनले भने, “कोर्स पनि करिब पूरा भइसकेको सन्दर्भमा पुरानो शैक्षिक सत्रको नतिजा तयार पारी नयाँ वर्षको शुरुआत गर्ने तयारी भइरहेको छ ।” कोरोना महामारी कम हुनेबित्तिकै नयाँ शैक्षिक सत्र असारबाट शुरु गर्ने तयारी गरिएको उनले बताए ।

भेरी नगरपालिकामा रहेका निजी विद्यालयले पनि त्रैमासिक र अर्धवार्षिक परीक्षाको नतिजा तथा निरन्तर विद्यार्थी मूल्याङ्कन आधारमा नतिजा प्रकाशन गर्न लागेको बताएका छन् ।

त्यस्तै रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आन्तरिक मूल्याङ्कनको कार्यविधि तयार पारेको छ । शुक्रबारको नगर कार्यपालिका बैठकले कार्यविधि पारित गरेको र अब कार्यविधिअनुसार विद्यालयहरूलाई मूल्याङ्कन गरी नतिजा बनाउन निर्देशन दिइने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए ।

बाँफिकोट गाउँपालिकाले पनि आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित गर्न परिपत्र गर्ने तयारी गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानबहादुर खड्काले बताए  ।

आठबीसकोट नगरपालिकामा पनि आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक गर्न लागिएका नगरप्रमुख गोरखबहादुर केसीले बताए । रुकुम पश्चिमा छ वटा स्थानीय तहले आन्तरिक मुल्याङ्कनलाई आधार बनाएर नतिजा प्रकाशित गर्ने तयारी थालेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top