Nepal Times
Nepal Times
3
Shares

थप २१ संक्रमितको मृत्यु, १३०४ नयाँ संक्रमित थपिँदा २०७३ डिस्चार्ज

थप २१ संक्रमितको मृत्यु, १३०४ नयाँ संक्रमित थपिँदा २०७३ डिस्चार्ज

१६ मंसिर, विराटनगर । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४ जना कोरोना संक्रमित थपिएका छन् ।

योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ३४ हजार ८ सय ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी आज थप २ हजार ७३ जना कोरोना संक्रमण मुक्त भएपछि हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ ।

आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आईसोलेसनमा गरी कूल १६ हजार ६ सय ३३ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट आज थप २१ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा हालसम्म १ हजार ५ सय २९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.