Nepal Times
Nepal Times
3
Shares

थप २३२ जनामा कोरोना संक्रमण पुष्टि

थप २३२ जनामा कोरोना संक्रमण पुष्टि

१० माघ, काठमाडौं ।

नेपालमा आज थप २३२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३५४१ जनाको गरिएको पीसीआर परीक्षणमा २३२ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ३८६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६३ हजार ७ सय ३४ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १९९४ रहेको छ । गत २४ घण्टामा काठमाडौं उपत्यकामा १०९ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ८०, भक्तपुरमा ९ र ललितपुरमा २० जना संक्रमित थपिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.