Nepal Times
Nepal Times
3
Shares

थप २५ संक्रमितको मृत्यु, १,२५५ नयाँ संक्रमित थपिँदा १४०४ संक्रमणमुक्त

थप २५ संक्रमितको मृत्यु, १,२५५ नयाँ संक्रमित थपिँदा १४०४ संक्रमणमुक्त

१४ मंसिर, विराटनगर । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् ।

योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी आज थप १ हजार ४ सय ४ जना कोरोना संक्रमण मुक्त भएपछि हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ ।

आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आईसोलेसनमा गरी कूल १७ हजार ९ सय ९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट आज थप २५ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा हालसम्म १ हजार ४ सय ७९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.