Nepal Times
Nepal Times
3
Shares

थप ३,९३८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ जनाको मृत्यु

थप ३,९३८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ जनाको मृत्यु

२१ साउन, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा ३,९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०१२ रहेको छ भने ३७ जनाको मृत्यु भएको छ । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ । तीमध्ये ९ हजार ९९४ जनाको मृत्यु भएको छ भने ६ लाख ६३ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना रहेका छन् । कोरोनाका बिरामीमध्ये ७१३ जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.