Nepal Times
Nepal Times
3
Shares

थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्‍यु

थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्‍यु

५ कात्तिक, काठमाडौं।

नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ५३ पीसीआर परीक्षण गर्दा ५७४ जना र २ हजार १२३ एन्टिजेन परीक्षण गर्दा १३४ गरी ७०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ९३२ जना निको भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ८ हजार ९६ पुगेको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ भने ७ लाख ८५ हजार ८१३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९४६ जना रहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.