×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

थाइल्यान्डमा विमान दुर्घटनामा परेका पर्यटक कुन देशका

७ भाद्र २०८१

७ भदौ , एजेन्सी ।

थाइल्यान्डको आन्तरिक उडानमा रहेको यात्रुवाहक विमान बिहीबार दिउँसो दुर्घटनामा परेको छ। राजधानी बैंककमा रहेको सुवर्णभूमि विमानस्थलबाट उडेको केही समयमै विमान दुर्घटनामा परेको हो।

थाई फ्लाइङ सर्भिस कम्पनीद्वारा सञ्चालित सेस्ना काराभान सी२०८बी एयरक्राफ्ट फ्लाइट टीफटी २०९ विमानको दिउँसो २ः४६ मा उडेको ११ मिनेटपछि एयर ट्राफिक कन्ट्रोल र राडारसँग सम्पर्क टुटेको थियो। विमान चाचोएङ्सो प्रान्तमा दुर्घटनामा परेको हो।

जसमा सवार सबै (९ जना) यात्रुको निधन भएको छ। थाई सरकारका प्रवक्तालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार ९ मध्ये ५ जना हङकङबाट गएका चिनियाँ पर्यटक हुन्।

थाई मिडियाका अनुसार चिनियाँ राहदानी बाहक उनीहरूमध्ये सांघाईमा जन्मेका १२ र १३ वर्षका दुई बालबालिका र सांघाई तथा झेजियाङ प्रान्तमा जन्मेका ४२ देखि ४५ वर्षका तीन वयस्क छन्।

विमानमा सवार बाँकी ४ जना थाई नागरिक हुन्।उनीहरू चालक दलका सदस्य हुन्। जसमध्ये दुई महिला क्रु मेम्बर, पाइलाट र को–पाइलट छन्। दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन।

विमानस्थलबाट अनुमानित ३५ किलोमिटर (२२ माइल) दक्षिणपूर्वमा हुँदा विमानसँग सम्पर्क टुटेको थियो। विमानले बैंककबाट करिब २७५ किलोमिटर दक्षिणपूर्वमा रहेको तटीय प्रान्त त्राटका लागि उडान भरेको थियो।

उद्धारकर्ताको करिब एक घण्टाको खोजीपछि दुर्घटनाग्रस्त विमान विमानस्थलबाट ४० किलोमिटर पर चाचोएङ्सो प्रान्तको मङ्ग्रोभ दलदलमा फेला परेको थियो। प्रान्तीय सरकारका प्रवक्तालाई उद्धृत गर्दै थाई मिडियाले जनाएअनुसार अप्ठेरो ठाउँमा दुर्घटनामा परेको विमानका यात्रुहरूको शव क्षतविक्षत अवस्थामा थिए भने जंगलको बीचमा विमानका टुक्राहरू यत्रतत्र छरिएका थिए।

हङकङको अध्यागमन विभागका प्रवक्ताले बेइजिङको विदेश मामिला कार्यालय र थाइल्यान्डमा रहेको चिनियाँ दूतावासमार्फत स्थिति बुझ्ने प्रयास भइरहेको शुक्रबार बिहान बताएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top