×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

थुनामा रहेका कमेडियन अपूर्वकालागि बोल्यो एमाले

२२ भाद्र २०७९

२२ भदौ , काठमाण्डौ ।

हास्यब्यङको प्रस्तुतिकै कारण थुनामा रहेका स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंहलाई पक्राउ गरेकोमा नेकपा (एमाले)ले विरोध जनाएको छ । एमालेले आज प्रतिनिधिसभामा क्षितिजलाई पक्राउ गरेर सरकारले कलाकारमाथि अत्याचार र दमन गरेको बताएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको तर्फबाट प्रतिनिधिसभाको बुधबारको बैठकमा समय माग गरेर बोल्दै स्ट्यान्ड अप कमेटियन अपूर्व क्षितिज सिंहलाई पक्राउ गरिएकोमा विरोध गरेको हो । स्ट्यान्ड कमेडीका क्रममा अपूर्वले नेवार समुदायमाथि व्यङ्ग्य गरेका थिए । जसको विरोध गर्दै अभियन्ताहरुले प्रहरीले उजुरी दिएपछि उनी पक्राउ परेका थिए ।

’एक जना हास्य कलाकार अपूर्व क्षितिज सिंहजीले केही दिन अगाडि आफ्नो पोष्टमा हास्यव्यङ्ग्य पोष्ट गरेवापत उहाँ १० दिनदेखि थुनामा हुनुहुन्छ । हुनत मन्त्रीलाई यसो कर्के नजर लगायो भने गार्डहरु थुनामा पर्ने देश हो । अहिले त्यो खालको मन्त्रीजीहरु सत्तामा आसिन हुनुहुन्छ । अब भनौं भने के भनौं,’ उनले भने,

’मन्त्रीजीलाई अलिकति आलोचना ग¥यो भने पनि पक्राउ परेर जाने स्थिति छ । तर उहाँले कला प्रस्तुत गर्ने क्रममा अलिकति हाँस्य प्रस्तुतिको क्रममा केहीलाई मर्का प¥योहोला । कसै न कसैलाई मर्का पार्ने प्रस्तुती नै हुन्छ हाँस्यकलाहरुमा । म ती हाँस्य कलाकार सिंहलाई शीघ्र रिहाईको माग गर्न चाहन्छु,’ उनले भने ।

राजनीतिक दलका नेताहरूले प्रज्ञाभवन र सभागृहमा बसेर हास्य कलाकारहरूको आफूमाथिको कडा व्यंग हाँसेरै स्वीकार गरेको उल्लेख गर्दै भट्टराईले भने,अपूर्व क्षितिज सिंहजस्तो एउटा कलाकारलाई दशौं दिनदेखि थुनामा राख्ने क्रिया यो सरकार गरिरहेको छ । अपूर्वले आफ्नो प्रस्तुति सामाजिक संजालबाट डिलिट गरेको र क्षमा मागेको अवस्थामा अत्याचार गर्नबाट सरकार पछि हट्नुपर्ने भट्टराईको भनाइ छ ।

’यसभन्दा अगाडि नै आफ्नो पोष्टबाट डिलिट मात्रै गर्नुभएको छैन, क्षमा याचना पनि गरिसक्नुभएको छ । उहाँलाई थुनेर कुनै पनि खालको अत्याचार नगरियोस् र कलाकारमाथि दमन गरियोस्,’ उनले भने । अपूर्वलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो । उनले युट्युब च्यानल कमेडी क्याफेमा राखेको भिडियोमा नेवार समुदायको कला, संस्कृति र लवजमाथि व्यंग्य गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । अपूर्वलाई थुनामा राखिएको भन्दै कमेडी च्याम्पियनका विजेता बनिसकेका कलाकार हिमेश पन्तले पनि उनको रिहाईको माग गरेका थिए । यस प्रकरणमा सामाजिक सञ्जालको समर्थन र सहानुभूति अपूर्वप्रति देखिएको छ । अपूर्वले भिडिओ हटाएर गल्ती स्वीकार्दै माफी मागिसकेपछि उनलाई हिरासतमा पु¥याउनु अनुदार व्यवहार भएको टिप्पणी धेरैले गरेका छन् । यद्यपि कतिपयले कमेडीका नाममा एउटा जातमाथि खनिनु आपत्तिजनक भन्दै यसको समाधान कानूनी प्रक्रियाबाटै हुनुपर्ने तर्क पनि गरिरहेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top