×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

४ पुस , काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज थुनामुक्त हुँदै छन् । उच्च अदालत तुलसीपुरको बिहीबारको आदेशपछि रवि आज रिहा हुन लागेका हुन् ।

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रविलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुरु जिल्ला अदालतको आदेश बदर गर्दै रिहाइका लागि आदेश दिएको छ ।

रास्वपाका नेता हरि ढकालका अनुसार रविलाई आज जिल्ला अदालत भैरहवामा उपस्थित गराइनेछ । त्यसपछि सम्पूर्ण प्रक्रिया पूरा गरेर रिहा गरिनेछ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधिशद्ववय बासुदेव आचार्य र तेजनारायण पौडेलले उनलाई शर्त पूरा गरेर छाड्न आदेश गरेका थिए ।

आदेशको अन्तिम बुँदामा रविलाई कागज गराउने विषय उल्लेख छ । उच्च अदालतको आदेश अनुसार लामिछाने कागज गर्न आफैँ रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने छ ।

उच्चको आदेशमा भनिएको छ, ‘फैसला हुँदा बिगोको हकमा थप दायित्व सिर्जना गरेमा तिर्न बुझाउन मञ्जुर भए, सोको कागज गरी प्रस्तुत मुद्दाको रोहबाट थुनामुक्त गर्नु ।’

आदेश अनुसार लामिछानेलाई कागज गराएर मात्र रिहा गरिने रुपन्देही जिल्ला अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलले बताए । उनले भने, ‘उहाँलाई उपस्थित गराएर कागज गरेपछि मात्र थुनामुक्त गर्न सकिन्छ ।’

लामिछाने ललितपुर स्थित नख्खु कारागारमा थुनामा थिए ।बुटवल स्थित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न कसुरमा लामिछानेले यसअघि २०८१ माघमा राखेको १ करोड धरौटी उनले पुनः राख्नुपर्ने भएको छ ।

यसअघिको धरौटी रकम फुकुवा भैसकेको तहसिलदार पौडेलले बताए । उनले भने, ‘धरौटी फुकुवा भैसकेको छ, त्यसबारे हामीले उहाँको कानुन व्यवसायीलाई जानकारी गराएका छौँ ।

’लामिछानेले बिगोको हकमा दामासाहीले हुने रकम सुनिश्चितता गर्ने भन्दै बैंक जमानत सहित उच्च अदालतमा निवेदन दिएका थिए । सो जमान उच्च अदालतले शर्त सहित स्विकार्न आदेश गरेको छ ।

निवेदन साथ पेस गरेको बैक जमानत २ करोड ७४ लाख ८४ हजार रकम प्रमाणीकरण गरेर सनाखत गरिने तहसिलदार पौडेलले बताए । उनले भने, ‘उच्च अदालतको पत्र प्राप्त भएपछि बैंक जमानतको प्रमाणीकरण र सनाखत गर्छौँ ।

’कारागार व्यवस्थापन विभागका महानिर्देशक लीला प्रसाद शर्माले अदालतको आदेश अनुसारको प्रक्रिया पुरा भएपछि उहाँलाई थुनामुक्त गरिने बताए । उच्च अदालतले रविलाई विदेश यात्रा गर्नु परेमा अदालतलाई पूर्व जानकारी दिनुपर्ने आदेश गरेको छ ।

आदेश अनुसार उनलाई अब जिल्लामै उपस्थित गराउनु पर्ने र प्रक्रिया पूरा गरेर रिहा हुने उच्च अदालत तुलसीपुरका सूचना अधिकारी रामबहादुर कुँवरले बताए। उनका अनुसार रविले पहिल्यै बैंक जमानत बुझाइसकेकाले अब कागजी प्रक्रिया पूरा गर्न मात्रै बाँकी छ।

उनले यसअघि जिल्ला अदालतमा जमानत लिएर रिहा गर्न माग गर्दै बैंक ग्यारेन्टी पनि बुझाएका थिए। तर जिल्लाले त्यसरी छाड्न नमिल्ने भन्दै अस्वीकार गरेको थियो। त्यसपछि रवि यही माग लिएर उच्च अदालत पुगेका हुन्।

उच्च अदालतका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रविलाई विभिन्न सर्तसहित रिहा गर्न आदेश दिएको हो। आदेश अनुसार रविले जिल्ला अदालतले सुरुमा माग गरेको एक करोड धरौटी, बिगोबापतको २ करोड ७४ लाख ८४ हजार जमानत बुझाउनु पर्नेछ।

यस्तै पछि फैसला हुँदा धरौटी र बिगोबापतको जमानतभन्दा बढी फैसला भएको खण्डमा पनि स्वीकार गर्नुपर्नेछ। २०८१ माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

तर त्यसविरुद्ध दुवै पक्ष उच्च अदालत पुगेका थिए। उच्च अदालतले २०८१ चैतमा रविलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। त्यसपछि उनलाई भैरहवा कारागार चलान गरिएको थियो।

उनले आफूलाई कारागार सरुवा गर्न माग गर्दै निवेदन दिएपछि उनलाई रुपन्देही कारागारबाट साउन ३१ गते काठमाडौँ कारागार सरुवा गरिएको थियो। सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ।

उनीहरूले सहकारीको ५५ करोड रुपैयाँ भन्दा बढी रकम अपचलन गरेको अभियोग छ। रवि, छवि र जीबीसहित चार जनाले यसमध्ये १० करोड ९९ लाख ३६ हजार रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ।

रविले यही बिगो भाग लगाउँदा आफ्नो भागमा पर्ने जम्मा गरेर रिहा गर्न माग गरेका थिए। जसलाई उच्च अदालतले स्वीकार गरेको हो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top