Nepal Times
Nepal Times
3
Shares

दकमबाट ठुलो परिणाममा अबैध समान सहित एक जना पक्राउ

दकमबाट ठुलो परिणाममा अबैध समान सहित एक जना पक्राउ

१४ माघ, झापा । ईलाका प्रहरी कार्यालय दमकले ठुलो परिणामको अबैध समान सहित १ जनालाई पक्राउ गरेको छ ।

दमक नगरपालिका-६ मा रहेको एक घरमा ओरियन्स कम्पनीका बिभिन्न ब्राण्डका खाद्य वस्तुहरु अबैध रुपमा ल्याई भण्डारण गरिएको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले २ करोड ४२ लाख ४० हजार ७३० रुपैयाँ बराबरको अबैध खाद्य वस्तुहरु बरामद गरेको हो ।

समान बरामद भएसंगै संचालक जितेन्द्र साह समेतलाई पक्राउ गरी थप अनुसन्धानको लागी आन्तरिक राजश्व कार्यालय ईटहरी पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.