Nepal Times
Nepal Times
3
Shares

दक्षिण अफ्रिकासँगको पहिलो टी–२० मा पाकिस्तान चार विकेटले विजयी

दक्षिण अफ्रिकासँगको पहिलो टी–२० मा पाकिस्तान चार विकेटले विजयी

२९ चैत, एजेन्सी । दक्षिण अफ्रिकासँगको पहिलो टी–२० मा पाकिस्तान चार विकेटले विजयी भएको छ । जितसँगै पाकिस्तानले तीन खेलको श्रृंखलामा एक शुन्यको अग्रता बनाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८८ रन बनायो । उसका एडम मार्करम र कप्तान हेनरिक क्लासेनले अर्धशतकीय पारी खेले । मार्करमले ५२ र क्लासेनले ५० रन बनाए ।

पाकिस्तानका मोहम्मद नवाज र हसन अलीलले दुई÷दुई, तथा हरिस रौफ र शाहीनसाह अफ्रिदीले एक÷एक विकेट लिए । एक सय ८९ रनको लक्ष्य पाएको पाकिस्तानले १९ ओभर पाँच बलमा ६ विकेट गुमाउँदै भेट्टायो । उसका मोहम्मद रिजवानले अविजित ७४ रन जोडे । यी दुई टिमबीचको दोस्रो खेल सोमबार हुनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.