×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

दक्षिण अफ्रिका वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा

१५ पुष २०८१

१५ पुष , एजेन्सी ।

दक्षिण अफ्रिका वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा
सेंचुरियन टेस्टमा दक्षिण अफ्रिकाको दबदबा, भारतको संघर्ष

दक्षिण अफ्रिकाले पाकिस्तानलाई सेंचुरियन टेस्टमा २ विकेटले हराएको छ। यसका साथै अफ्रिकाले वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षितसमेत गरेको छ । १४८ रन को टारगेट पछ्याएको घरेलु टोलीले ९९ रनमा ८ विकेट गुमाइसकेको थियो। तर, कगिसो रबाडा र मार्को यानसनले ५० को साझेदारी गरेर टोलीलाई रोमाञ्चक जित दिलाए। टेस्टको चौथो दिन आइतबार साउथ अफ्रिकाले २७÷३ को स्कोरबाट खेल्न शुरू गरेको थियो । ऐडन मार्करम ३७ रन बनाएर आउट भए । उनीपछि बावुमा टिके । उनले ४० रन बनाए । तर, टोलीले ९६ रनमा ५ विकेट गुमाउन पुग्यो । यहीँ उनीहरूलाई ५२ रनको आवश्यक थियो । ४ विकेट लिइसकेका मोहम्मद अब्बासले डेविड बेडिंघम र कोर्बिन बाँसलाई पभेलियन फर्काए । यसैबीच नसीम शाहले काइल वेरियनलाई बोल्ड गरेर हेर्दा हेर्दै ९९ रनमा ८ विकेट लिइसकेका थिए। अब, पाकिस्तानले जित्नमात्र २ विकेट लिए पुग्थ्यो । तर, रबाडा र यानसनले पाकिस्तानको मनसायलाई सफल पार्न दिएनन्। दुवैले पहिला सम्हालिएर ब्याटिङ गरे । उनीहरूले खराब बललाई मात्रै खेल्न थाले। रबाडाले ३० र यानसनले १६ रन बनाएर टोलीलाई जित दिलाएका थिए । पाकिस्तानको लागि मोहम्मद अब्बासले ६ विकेट लिए। १–१ विकेट नसीम और खुर्रम शहजादलाई प्राप्त भयो । आमेर जमालले कुनै विकेट लिन सकेनन्। तर, उनले एक ओभरमा मात्र ११ रन खर्चेका थिए। पाकिस्तानलाई पहिलो टेस्टमा हराएर वल्र्ड टेस्ट च्याम्पियनसिपको हालिय चक्रमा साउथ अफ्रिकाले सातौं जित दर्ता गरेको हो। टोली ८८ अंकका साथ पहिलो स्थानमा रहेको छ। ६६.६७ प्रतिशत अंक भएकोले दोस्रो टेस्ट हारे पनि यो घटेर ६१.११ प्रतिशत अंक हुनेछ। यस्तोमा साउथ अफ्रिकाको शीर्ष २ स्थान सुरक्षित नै हुने भएकोले वल्र्ड टेस्ट च्याम्पियनसिप फाइनल खेल्ने भएको हो। साउथ अफ्रिकासँग खेल्न भारत, अस्ट्रेलिया र श्रीलंकाबिच होड चलिरहेको छ। यसमा अस्ट्रेलियामात्रै साउथ अफ्रिकाभन्दा माथि जान सक्नेछ। भारत र श्रीलंकाले भने सबै खेल जिते पनि साउथ अफ्रिकालाई पछि पार्न सक्दैनन्। भारत र अस्ट्रेलियाबिच टेस्ट सिरिज जारी छ। हाल चौथो टेस्ट भइरहेको छ।
वल्र्ड टेस्ट च्याम्पियनसिप डब्लुटीसी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा आयोजित प्रतियोगिता हो । यो च्याम्पियनसिपमा शीर्ष टेस्ट टोलीहरूले प्रतिस्पर्धा गर्छन्। पहिलो संस्करण सन् २०१९–२०२१ मा आयोजना भएको थियो। यसमा प्रत्येक टिमलाई अंकका आधारमा ¥याङ्किङ दिइन्छ, र शीर्ष दुई टोलीहरू फाइनल खेल्छन्। वल्र्ड टेस्ट च्याम्पियनसिपमा १०–१२ पूर्ण सदस्य राष्ट्र प्रतिस्पर्धा गर्छन्। हाल, १२ पूर्ण सदस्य राष्ट्रमध्ये ९ टिमले भाग लिएका छन् । जसमा भारत, अस्ट्रेलिया, पाकिस्तान ,इंग्ल्यान्ड, साउथ अफ्रिका ,न्यूजिल्यान्ड ,श्रीलंका, वेस्ट इन्डिज र बंगलादेश छन् । यो एक द्विपक्षीय टेस्ट श्रृंखलाको संरचनामा आधारित छ। प्रत्येक टिमले २ वर्षको चक्रमा विभिन्न टिमहरूसँग टेस्ट श्रृंखला खेल्छ। प्रत्येक श्रृंखलामा उपलब्ध १२० अंक हुन्छ। जित, बराबरी, वा हारका आधारमा टिमहरूले अंक पाउँछन्। जितमा १२ अंक, बराबरीमा ४ अंक र ड्र हुँदा ६ अंक पाउछन् । प्रत्येक चक्रको अन्त्यमा, अंक तालिकामा शीर्ष दुई टोलीबीच फाइनल खेलाइन्छ। यसको दोस्रो संस्करण (२०२१–२०२३)मा भारत र अस्ट्रेलिया बीच फाइनल भएको थियो भने जसमा अस्ट्रेलियाले जित हासिल ग¥यो। तेस्रो संस्करण (२०२३–२०२५) भने अहिले जारी रहेको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top