×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

दक्षिण अफ्रिका १० वर्षपछि विश्वकपको सेमिफाइनलमा

११ असार २०८१

१० असार , विराटनगर।

इङ्ल्यान्ड र दक्षिण अफ्रिका आईसीसी टी २० विश्वकप २०२४ को सेमिफाइनलमा पुगेका छन् । आज विहान भएको खेलमा दक्षिण अफ्रिकाले सुपर–८ अन्तर्गत वेष्टइन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा ३ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । दक्षिण अफ्रिका सुपर–८ को ग्रुप बी बाट ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।

जारी विश्वकपमा दक्षिण अफ्रिकाको लगातार सातौं जित हो । १२३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । १३६ रनको लक्ष्य पछ्याउनेक्रममा दक्षिण अफ्रिका २ ओभरमा १५–२ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । पुन ः खेल सुरु हुन ढिलो हुँदा तीन ओभर घटेको थियो ।

दक्षिण अफ्रिका जितमा युवा ब्याटर ट्रिस्टन स्टब्सले २७ बलमा ४ चौकासहित सर्वाधिक २९ रन बनाए । ओपनर क्विन्टन डि कक १२, रिजा हेन्ड्रिक्स शून्य, एडेन माक्ररम १८ र डेविड मिलर ४ रनमा बोल्ड आउट भए । मार्को यानसन १४ बलमा १ चौका र १ छक्कासहित २१ र कागिसो रबाडा ५ रनमा नट आउट रहे ।

वेष्टइण्डिजका रोश्टन चेशले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । आन्द्रे रसेलले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । अल्जारी जोशेफले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । त्यसअघि सर भिभियन रिचर्ड्स रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्टइण्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । रोश्टन चेशले ४२ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५२ रन जोडे ।

ओपनर साई होप शून्य र निकोलस पुरन १ रनमा गुमाउदा वेष्टइण्डिज ५–२ को अवस्थामा पुगेको थियो । तेस्रो विकेटलाई काइल मेयर्स र रोश्टन चेशले ६५ बलमा ८१ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । मेयर्स ३४ बलमा ३ चौका र २ छक्कासहित ३५ रनमा क्याच आउट भए । मेयर्स क्याच आउट हुँदा वेष्टइण्डिज १२ ओभरमा ८६–३ को अवस्थामा थियो ।

आन्द्रे रसेल ९ बलमा २ छक्कासहित १५, अल्जारी जोशेफले ११, रोभम्यान पावेल १ र शेर्फान रदरफोर्ड शून्यमा क्याच आउट भएका थिए ।स्पिनर तबरेज शाम्सीले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । केशव महाराज, एडेन माक्ररम र मार्को यानसनले १–१ विकेट लिए । ग्रुप–२ बाट दक्षिण अफ्रिका ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । इंग्ल्यान्ड ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रह्यो ।

सेमिफाइनलमा दक्षिण अफ्रिकाले ग्रुप १ को उपविजेता र इंग्ल्यान्डले विजेतासँग खेल्नेछ । ग्रुप १ बाट सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी छ । दक्षिण अफ्रिका टी–२० विश्वकप इतिहासमा तेस्रो पटक सेमिफाइनलमा पुगेको हो । यसअघि टी२० विश्वकपमा दक्षिण अफ्रिका सन् २००९ र २०१४ मा सेमिफाइनल खेलेको थियो । अन्य संस्करणमा भने सेमिफाइनलमा पुग्न सकेको थिएन ।

यस्तै गएराती भएको खेलमा अमेरिकाविरुद्ध सानदार जित दर्ता गर्दै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको थियो । इङ्ल्यान्डले आइतबार अमेरिकालाई १० विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । अमेरिकाले दिएको ११६ रनको लक्ष्य इङ्ल्यान्डले ९.४ ओभरमै कुनै विकेट नगुमाई भेटायो । इङ्ल्यान्डको जितमा कप्तान जस बटलरले ३८ बलमा ६ चौका र ७ छक्का सहित ८३ रनमा नटआउट रहे ।

फिल साल्ट २१ बलमा २५ रनमा नटआउट रहे । त्यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिका १८.५ ओभरमा १ सय १५ रनमा समेटियो । नितिश कुमारले सर्वाधिक ३० रन बनाउँदा कोरी एन्डरसनले २९ रन जोडे । हर्मित सिंहले २१ तथा स्टेभेन टेलरले १२ रन बनाए । इङ्ल्यान्डका लागि क्रिस जोर्डनले ह्याट्रिक सहित ४ विकेट लिए । स्याम करन र आदिल राशिदले २–२ तथा लियम लिभिङस्टोनले १ विकेट लिए ।

जित पछि सुपर एटको समूह २ मा ३ खेलबाट ४ अंक सँगै इङ्ल्यान्ड अन्तिम चारमा पुगेको छ । सहआयोजक रहेको अमेरिका भने विना अंक बाहिरिएको छ । विश्वकपमा पहिलो पटक सहभागिता जनाएको अमेरिकाका लागि यो नै अहिलेसम्मको ठूलो उपलब्धि हो । अर्को सहआयोजक वेस्ट इन्डिज पनि २ अंकका साथ बाहिरिएको छ । अब आज अर्को खेल भारत र अस्ट्रेलियाबीच हुने छ ।

सेन्ट लुसियास्थित डरेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८ः१५ बजेदेखि हुने छ । भारतले सुपर आठका दुवै खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ भने अस्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग हार बेहोरेको थियो । सेमिफाइनलमा पुग्न अस्ट्रेलियाले यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ भने भारत शीर्षस्थानमा रहेकाले तुलनात्मक रुपमा कम दबाबमा रहेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top