११ चैत्र, एजेन्सी ।
चीनको पूर्वी छिमेकी दक्षिण कोरियामा कोरोनाभाइरस सङक्रमण घट्ने क्रम जारी रहेको छ।

चार हप्ताअघि त्यहाँ सङ्क्रमण दर उच्च रहेको थियो।त्यहाँ विगत २४ घण्टामा कोभिड–१९ भएका ६४ जना व्यक्ति भेटिएको बताइएको छ। त्यससँगै त्यहाँ सङ्क्रमित मानिसको सङ्ख्या ८,९६१ पुगेको छ। त्यहाँ १११ जनाको ज्यान गइसकेको छ।

दक्षिण कोरियामा स्वास्थ्यकर्मीहरूले सर्वसाधारणहरूले अझै पर्याप्त सावधानी नअपनाएको भन्दै कोरोनाभाइरससँगको सङ्घर्ष अझै लामो हुन सक्ने बताएका छन्। दक्षिण कोरियामा दैनिक २०,००० जनाको परीक्षण भइरहेको छ। यो दर विश्वभरिकै सबैभन्दा बढी हो।

त्यहाँ अहिले सार्वजनिक र निजी प्रयोगशालाहरूको सञ्जाल बनाइएको छ। रोगको लक्षण देखिएका मानिसहरू आफैँ गाडी चलाएर गई स्वास्थ्य परीक्षण गराउन सक्छन्।(बीबीसी)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top