Nepal Times
Nepal Times
3
Shares

दक्षिण कोरियालीको मृत्यु भएकाेमा किम जोङ उनद्वारा क्षमायाचना

दक्षिण कोरियालीको मृत्यु भएकाेमा किम जोङ उनद्वारा क्षमायाचना

९ असाेज, सियोल।

उत्तर कोरियाली नेता किम जोङ उनले यसैसाता उत्तर कोरियाली सैनिकले चलाएको गोलीबाट कोरियाली नागरिकको मृत्यु भएको भन्दै क्षमा मागेका छन्।

उत्तर कोरियाली नेता किमले दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनलाई पठाएको पत्रमा उक्त कुरा उल्लेख गरिएको चियोङ वा डाईका राष्ट्रिय सुरक्षा निर्देशक एवं राष्ट्रपति मूनका वरिष्ट सुरक्षा सल्लाहकार सूह हूनले बताएका छन् ।

उत्तर कोरियाले पठाएको पत्रमा एक जना अपरिचित व्यक्तिले तटीय सुरक्षा गस्तीले चेतावनी दिए पनि त्यसको बेवास्ता गर्दै अगाडि बढेपछि गोली चलाउनुपरेको उल्लेख छ । यसैबीच, मून र किमले हालैमात्र व्यक्तिगत पत्र आदानप्रदान गर्नु भएको सूहले बताएका छन् । उक्त पत्रहरुमा कोरोनाभाइरस महामारीबाट उत्पन्न कठिनाईलाई परास्त गर्दै सियोल–प्योङयाङबीचको सम्बन्धलाई पुनः गति दिने अपेक्षा गरिएको छ ।

ती पत्रहरु पछिल्लो एक महिनाभित्र आदानप्रदान गरिएको पनि सूहले बताए । सूह दक्षिण कोरियाली राष्ट्रपतिका उच्च सुरक्षा सल्लाहकार हुन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.